IME Life New

दैनिक सबै सरकारी हाकिमले यात्रा गर्ने सडककै अवस्था दयनीय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सीपी लोहिया/न्युज कारखाना

बैतडी । बैतडी सदरमुकामको मुख्य सडकका रूपमा रहेको गढी–गोठलापानि सडकखण्ड निर्माण गरेको एक वर्ष नपुग्दै ठाउँठाउँमा भक्तिएको छ । गतवर्ष मात्रै ४ करोड ३१ लाख २८ हजार ५४४ को लागतमा के.एस. कन्सट्रक्सन धनगढीले कालोपत्रे गरेको उक्त सडकको ठाउँठाउँमा कालोपत्रे उप्कीएको छ भने, सडक पेटी पुर्ण रुपले भक्तिएको छ ।

उक्त सडक एक वर्ष बढी समय लगाएर बनाए पनि काम सम्पन्न नहुँदै भत्किन थालेकोे गोठलापानि बजारका व्यापारी निलकण्ठ पन्तले बताए । सडक निर्माण गर्न आएको रकमको दुरुपयोग हुने गरेको उहाँको आरोप रहेको छ ।

Esewa
Crest

गढी–गोठलापानी सडकखण्ड पटक–पटक निर्माण भैसकेको र अहिलेसम्म रकम सिध्याउने काम मात्रै भएको नागरिक समाजका अगुवा धनिराम लोहारले बताए ।

कमसल सामग्री प्रयोग गरि अपरिपक्क काम गरेकाले यस्तो भएको हुनसक्छ । उक्त सडकमा जिल्ला स्थीत सबै सरकारी कार्यालयमा प्रमुखदेखि उच्चपदस्थ  व्यक्तिहरू दैनिक यात्रा गर्ने भएपनि कसैले सडक बिग्रेको विषयमा चासो नदेखाएको गैरसरकारी स‌स्था महासंघ बैतडीका अध्यक्ष गोबिन्दराज जोसीले बताए । जिल्ला सदरमुकामको मुख्य सडकको हालत दयनीय हुँदा सरोकारवाला निकायले ध्यान दिनुपर्ने उनले बताए ।

स्थानीय खिमानन्द भट्टले भने, ʻयो सडक भएर दशरथचन्द नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला प्रहरी कार्यालय, सेनाको ब्यारेक, सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, टेलिकम लगायत सबै कार्यालयमा पुगिन्छ । यी कार्यालयका प्रमुखहरु यो सडकमा दैनिक पटक–पटक यात्रा गर्छन् । नेता, मन्त्रीदेखि सरकारका उच्च पदस्थ व्यक्तिहरू यसै सडकमा यात्रा गर्दछन् । तर, सडक बनाउन कोही ध्यान दिँदैनन् ।’

करिब दुई किलोमिटर रहेको गढी–गोठलापानी सडक निर्माण कार्य हालसम्म परिपक्क रूपले हुन नसकेको दशरथचन्द नगरपालिकाका उपप्रमुख मिना चन्दले बताइन् । उक्त सडक स्तरोन्नती गर्ने निर्माण कम्पनी र कार्यान्वयन गर्ने निकाय शहरी बिकास तथा भवन निर्माण विभागसँग आफूले सडक भक्तिएको विषयमा जानकारी गराएको बताइन् । उक्त सडक पुनः निर्माण गरेपछि मात्रै ठेकेदारलाई भुक्तनी दिन आग्रह गरेको समेत उपप्रमुख चन्दले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS