मेगा बैंकका आफनो नयाँ शाखा धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिकामा विवस्तार गरको छ । उक्त शाखा कार्यालयको उद्घाटन गाउँपालिकाका अध्यक्ष विनोदराज तिमिल्सिनाले गरेका हुन ।
उक्त शाखा खुलेपछि स्थानीय जनताको वित्तीय अवस्था र जीवनस्तरमा परिवर्तन आउने गाउँपालिकाका अध्यक्ष तिमिल्सिनाको विश्वास रहेको छ । बैंकको शाखा खुलेपछि स्थानीय बासिन्दाहरु निकै उत्साही बनेको मेगा बैंक ज्वालामुखी शाखाका प्रबन्धक आत्मराम दवाडीले बताए ।
उक्त शाखामा १५ सय जनाले खाता खोली कारोबार शुरु गरिसकेका छन् भने १४ करोड निक्षेप र २ करोड ऋण प्रवाह भइसकेको प्रबन्धक दवाडीले बताए।
धादिङमा मेगा बैंकको तीनवटा शाखा भएको छ । मेगा बैंकले यस अघिदेखि नै धादिङबेशी र मलेखुमा शाखा विस्तार गरी बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।