Connect IPS
IME Life

कृषि तथा पशुपन्छी बीमाको मापदण्ड पालना नगर्ने कम्पनीले अनुदान नपाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिले कृषि तथा पशुपन्छी बीमाको मापदण्ड पालना नगर्ने कम्पनीहरुलाई नेपाल सरकारले उपलब्ध गराउने अनुदान रकम उपलब्ध नगराउने भएको छ । समितिले सम्पुर्ण निर्जीवन बीमा कम्पनीहरुलाई कृषि तथा पशुपन्छी बीमा निर्देशिका २०७७ अनुसारको नियम पालना नगरेका खण्डमा अनुदान रकम उपलब्ध नगराइने भन्दै सचेत गराएको हो ।

समितिले बिहीबार सम्पुर्ण निर्जीवन बीमा कम्पनीहरुलाई परिपत्र जारी गर्दै आवस्यक मात्रामा कृषि प्राविधिक खटाउन निर्देशन दिएको छ । अधिकाम्स बीमा कम्पनीहरुले निर्देशिका अनुसारको ‘कम्प्लाइन्स’ पुरा नगरेको पाइएकाले उक्त निर्देशिका अनुसार परिपालना गर्न भनिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

Prabhu
Crest

बीमा समितिले स्थानीय निकायमा बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम गर्ने क्रममा कृषकहरुले कृषि प्राविधिकहरु नहुँदा बीमा गर्न नपाइएको भन्दै गुनासो गरेका थिए । निरिक्षणका क्रममा कम्पनीहरुले प्रयाप्त मात्रामा कृषि प्राविधिक, कृषि तथा पशुपन्छी बीमा अभिकर्ता, क्षतिमूल्याङ्कन कर्ताका कारण बीमितहरुले समस्या भोगिरहेको पाइएको थियो ।

सोही निरिक्षणका आधारमा बीमा समितिले कम्पनीहरुलाई प्रयाप्त मात्रामा कृषि प्राविधिक, कृषि तथा पशुपन्छी बीमा अभिकर्ता, क्षतिमूल्याङ्कन कर्ताको व्यवस्था गर्न निर्देशन दिइएको छ । निर्देशिमा बीमा कम्पनीहरुले कृषि तथा पशुपन्छी बीमा मध्यस्थकर्ताको रुपमा प्राविधिकहरुलाई खटाउनु पर्ने व्यवस्था रहेको छ । प्राविधिकको रुपमा कार्य गर्ने व्यक्ति तथा संस्थाले कृषि तथा पशुपन्छी बीमा अभिकर्ता भई कार्य गर्न पाउने व्यवस्था छ ।

ग्रामिण क्षेत्रमा बीमा कम्पनीहरुले प्रयाप्त मात्रामा यस्ता प्रावधिकहरु नखटाउदा कृषकहरुले बीमा गराउन पाएका छैनन् साथ साथै उनिहरुले दाबी पाउने समयमा पनि समस्या झेल्दै आएका छन् । बीमा समितिले निरिक्षणका क्रममा यस्तो अवस्था रहेको पाए पछि निर्देशन नै जारी गर्नु परेको हो ।

समितिले कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तथा कृषि तथा पशुपन्छी बीमा क्षति मूल्याङ्कनकर्ताको तालिम प्रशिक्षकका लागि रोस्टरमा सहभागी हुन सार्वजनिक सूचना मार्फत आह्वान गरेको छ । बीमा समितिले आफैले पनि कृषि प्राविधिक तथा अभिकर्ताहरुको संख्या बढाउनका लागि विभिन्न स्थानमा तालिमहरु आयोजना गर्नु पर्ने देखिन्छ ।

नेपाल सरकारले कृषि तथा पशुपन्छी बीमा गर्ने कृषकहरुलाई प्रिमियमा ८० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ । राज्यले कृषकहरुलाई बीमा कार्यक्रम मार्फत राहात दिने नीति लिए पनि बीमा कम्पनीहरुले भने वेवास्था गर्दै आइरहेका छन् । यो बीमा योजना लागु भएको सुरुवाति वर्षमा कम्पनीहरुलाई ठुलो नोक्सान देखिए पनि पछिल्ला वर्षमा आम्दानीको बलियो स्रोत बनेको छ । राज्यले नै सुरक्षित गरिदिएको व्यवसायलाई उनिहरुले पुर्ण रुपमा पलाना गर्न सकेका छन् । बीमा कम्पनीहरुले नेपाल सरकारबाट प्राप्त हुने अनुदान रकम प्राप्त गर्न वर्षौ कुर्नु पर्ने भन्दै कृषि तथा पशुपन्छी बीमा योजना नै जारी गर्न आनाकानी गर्दै आइरहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS