Connect IPS
IME Life

कोरोना बीमाको दाबी भुक्तानीका लागि उपयुक्त विकल्प पेश गर्न अर्थमन्त्रीको निर्देशन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमाको दाबी भुक्तानीका लागि उपयुक्त विकल्प पेश गर्न समितिलाई निर्देशन दिएका छन् । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल सहितको टोलि सँगको छलफलका क्रममा कोरोना बीमाको दाबी कसरी गर्ने भन्ने विषमा कुराकानी भएको थियो ।

छलफलमा कुनै किसिमको ठोस निर्देशन जारी नभए पनि मन्त्री शर्माले एकै पटक यति धेरै रकम भुक्तानी गर्न नसक्ने भन्दै विभिन्न विकल्पको खोजि गर्न निर्देशन दिएका हुन् । दाबी भुक्तानीका लागि आवश्यक पर्ने स्रोत साधन र उपायका विषयमा छलफल भएको हो ।

Prabhu
Crest

शर्माले यस विषयमा थप अध्ययन गरी आवश्यक प्रकृयाँ अघि बढाउने गरी तयारी थाल्न समितिलाई निर्देशन दिएका हुन् । कोरोना बीमा बापत ११ अर्ब भन्दा धेरैको दाबी भुक्तानी गर्न बाँकी छ । कोरोना बीमा मापदण्ड २०७७ अनुसार साढे तीन अर्ब भन्दा माथिको दाबी भुक्तानी नेपाल सरकारले गर्नु पर्ने भनिएको छ ।

नेपाल सरकारले आफ्नो दायित्व अन्तर्गत अर्बौ रुपैयाँ भुक्तानी नगर्दा बीमा कम्पनीहरु अहिले समस्यामा छन् । करोना बीमा पुल मार्फत हुँदै आएको भुक्तानी पुर्ण रुपमा रोकिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS