IME Life New

ईसेवाले ल्यायो चार्ड पर्वको बहार, दिनदिनै उपहार योजना, यस्ता छन् विषेशता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ। ईसेवा मनि ट्रान्स्फरले नेपालीहरूको महान् चाड दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘चार्ड पर्वको बहार, दिनदिनै उपहार’ योजना सार्वजनिक गरेको छ । यस योजना असोज २ गतेदेखि मङ्सिर २ गतेसम्म सञ्चालन हुनेछ ।

यस योजना अन्तरगत ई सेवा मनि ट्रान्स्फर मार्फत रेमिट्यान्स् पठाउने व्यक्तिहरू मध्येबाट एक जना भाग्यशाली विजेताले हरेक दिन मिक्सर, हरेक हप्ता रेफ्रिजेरेटर, हरेक महिना स्मार्ट टिभी तथा बम्पर उपहारमा एक जनाले होण्डाको डियो स्कुटी जित्न सक्ने जनाएको छ ।

Esewa
Crest

यस योजनामा सहभागी हुन विश्वभर रहेका २ सय भन्दा बढी मुलुकबाट ई सेवा मनि ट्रान्स्फर मार्फत रेमिट्यान्स् पठाउनुपर्नेछ । ई सेवा मनिका नेपालभर रहेका ८ हजार बढी एजेन्ट नेटवर्क मार्फत आन्तरिक रूपमा विप्रेषण पठाएमा पनि यस योजनामा सहभागी हुन सकिने कम्पनीले बताएके छ ।

यस योजनामा ६० जनाले मिक्स,८ जनाले रेफ्रिजेरेटर,२ जनाले स्मार्ट टिभी र एक जना भाग्यशाली विजेताले बम्पर उपहारमा होण्डाको डियो स्कुटी जित्न सकिनेछ ।

ई सेवा मनि ट्रान्सफरले डिजिटल तथा परम्परागत शैलीको माध्यमबाट ई सेवा वालेट तथा ६५ भन्दा बढी बैंक खातामा विप्रेषण रकम भित्राउँदै आएको कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS