IME Life New

अनियमितता सार्वजनिक भएपछि विश्व बैंकले अबदेखि ‘डुइङ विजनेश’ प्रतिवेदन नछाप्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं: विश्व बैंकले विश्वभरका मुलुकहरुको लगानी तथा उद्यम, व्यापार सम्बन्धी वातावरणबारे अब उपरान्त प्रतिवेदन तयार नगर्ने भएको छ।
विश्व बैंक समूहले विहीबार सार्वजनिक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो।
 सन् २०१७ मा डुइङ बिजनेशको तालिकामा चीनलाई लगानीको लागि उपयुक्त गन्तव्यकोरुपमा चित्रित गर्न विश्व बैंकका केही उच्च अधिकारीहरुको दबाबका कारण कथित रुपमा तथ्याङ्क तोडमोड गरिएको विषयमा छानबिन सार्वजनिक भएपछि यो निर्णय लिइएको हो।
“विगतको समीक्षा, लेखापरीक्षण, र कार्यकारी निर्देशक बोर्डको तर्फबाट बैंकले आज जारी गरेको विज्ञप्तिमा “डूइंग बिजनेस ” प्रतिवेदनमा उपलब्ध सबै जानकारीको समीक्षा पछि, विश्व बैंक समूहको व्यवस्थापनले प्रतिवेदन तयार पार्ने कार्य  बन्द गर्ने निर्णय लिएको छ।
विश्व बैंकले कुनै पनि देशमा उद्योग व्यवसाय गर्दा त्यहाँको प्रशासनिक प्रकृया, कर असुली, कर तथा भन्सार कार्यालयको कार्य सम्पादन तथा सेवामा द्रूतताको स्थिति, कर्मचारीतन्त्रको रवैया, वैदेशिक लगानी भित्र्याउन र वैदेशिक लगानी फिर्ता लैजान, लाभांश फिर्ता लैजान पुरा गर्नुपर्ने प्रावधान तथा प्रकृयालगायतको मूल्याङ्कनको आधारमा प्राप्त अंकको डुइङ बिजनेश प्रतिवेदनमा मुलुकहरुलाई वर्गिकरण गर्दै आएको थियो। विशेषगरी वैदेशिक लगानीको लागि यो प्रतिवेदनलाई एउटा भरपर्दो आधारको रुपमा लिने गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS