IME Life New

कृषि बाली तथा पशु बीमामा सरकारको अनुदान ३० प्रतिशतले बढ्यो, ८० प्रतिशत अनुदान दिने अर्थमन्त्री शर्माको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कृषि बाली तथा पशु बीमाको प्रिमियममा सरकारले ८० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ । शर्माले अर्थ सम्बन्धी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयक मार्फत यस अगाडीका अर्थमन्त्री विष्णु पौडेलले घोषणा गरेको भन्दा बढाएका हुन् ।

गएका वर्षमा सरकारले कृषि बाली तथा पशु बीमामा ७५ प्रतिशत अनुदान दिदै आएकोमा गत जेठ १५ गतेको बजेट वक्तव्य मार्फत पौडेलले ५० प्रतिशतमा झारेका थिए । शर्माले कृषि तथा पशुजन्य ब्यवसायमा रहेको जोखिम न्यूनिकरण गरी यस क्षेत्रमा किसानहरुको आकर्षण बृद्धि गर्न कृषि बाली तथा पशु बीमाको दायारा विस्तार गरी दिइदै आएको बीमा प्रिमियम अनुदानमा साविकको ५० प्रतिशतबाट बृद्धि गरी ८० प्रतिशत पुर्याएका हुन् ।

Esewa
Crest

बीमा समितिले गएको वर्ष कृषि बाली तथा पशु बीमामा दिइदै आएको अनुदानलाई निरन्तरता दिन सुझाव दिएको थियो । तर निवर्तमान अर्थमन्त्री पौडेलले अनुदान घटाइदिएका थिए । सरकारले विगत तीन चार वर्षदेखि कृषि तथा पशु बीमालाई प्रवर्द्धन गर्न अनुदान दिदै आएको छ । तर यसको प्रभावकारीता भने खासै देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS