Connect IPS
IME Life

बीमा समितिले सुरु गर्यो विश्व बैंकको सहयोगमा ‘रिस्क वेस क्यापिटल’ को अध्ययन, हकप्रद निष्काशनलाई व्यवस्थित गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा कम्पनीहरुले पूँजी बृद्धिका लागि मन लाग्दी हकप्रद शेयर निष्काशनको तयारी गरे पछि बीमा समितिले विश्व बैंकको सहयोगमा जोखिममा आधारित पूँजी ‘रिस्क वेस क्यापिटल’ को अध्ययन सुरु गरेको छ । समितिले आफ्नै एक्चुरी तथा विश्व बैंकको प्राविधिक सहयोगमा अध्ययन गरिरहेको छ ।

जोखिममा आधारित पूँजीको सूत्र बीमा कम्पनीहरुको वित्तीय विश्लेषणमा नियामकहरुलाई सहयोग गर्न एक अतिरिक्त उपकरणको रूपमा विकास गरिएको पाइन्छ । यसमा कम्पनीहरुको क्रेडिट रिस्क, अप्रेसनल रिस्क, मार्केट रिस्क लगायतका कुराहरुलाई हेरिन्छ । यसको प्रमुख उद्देश्य जोखिम अनुसार पूँजी हुनु पर्छ भन्ने नै हो । कम्पनीहरुको रिस्क वेटेज क्यापिटल गणना गरेर कसको कतिसम्म पूँजी हुनु पर्छ भनेर बीमा समितिलाई मोडालिटी बनाउन यसले सहयोग गर्ने छ ।

Prabhu
Crest

रिस्क वेस क्यापिटलका धेरै वटा मोडालिटीहरु हुन्छन् । ति मध्ये कुन मोडालिटी अपनाउने भन्ने कुराको निर्णय भने बीमा समितिले गर्नेछ । नेपालले बीमाका नीति नियम बनाउदा धेरै हदसम्म क्यानडाको मोडललाई पच्छ्याउने गरेको पाइन्छ । त्यस पछि भारतका केहि मोडालिटी कपि गरेको पाइन्छ । यसका अलावा बीमा समितिले जहिले पनि नेपाल राष्ट्र बैंकको वर्किङ कल्चरलाई पछ्याएका उदाहरण छन् ।

अहिले गरिएको अध्ययनको प्रतिवेदन आउन अझै ६/७ महिना लाग्ने बीमा समितिका एक अधिकारीले जानकारी दिए । त्यो प्रतिवेदन बनिसके पछि पनि कार्यान्वयनमा ल्याउन समितिले थप अर्को चरणको गृहकार्य गर्नु पर्छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको पूँजीको पर्याप्तताका ‘Capital Adequacy’ लागि छुट्टै मापदण्ड बनाएको पाइन्छ । यसका लागि बैंकहरुको क्रेडिट रिस्क, अप्रेसनल रिस्क र मार्केट रिस्कलाई हेर्ने गरेको छ । यस्तै गरी बीमा कम्पनीहरुका पनि आफ्नै अन्तरनिहित जोखिम रहेका हुन्छन् । ति जोखिमको पहिचान गरि त्यसका लागि न्युनतम मापदण्ड बनाउनु पर्ने हुन्छ । केहिहदसम्म बीमा समितिले पनि यहि मापदण्डलाई पछ्याउने समितिकै कर्मचारीहरु बताउछन् ।

पछिल्लो समय बीमा कम्पनीहरुले दोस्रो बजारलाई प्रभावित पार्ने नियतले हकप्रद शेयर निष्काशनको प्रस्ताव ल्याएको बीमा समितिको आरोप छ । यसै क्रममा चालु आर्थिक वर्ष भरी कुनै पनि बीमा कम्पनीहरुलाई हकप्रद शेयर निष्काशन गर्न नदिने बीमा समितिको योजना छ ।

पूँजी बढाउछु भनेर आउने कम्पनीहरुलाई समितिले विना आधार रोक्न सक्दैन । कतिपय कम्पनीहरुले आफ्नो व्यवसायका आधारमा पूँजी धेरै नै कम भएको भन्दै पूँजी बढाउन समिति सँग अनुरोध गरिरेहकाले पनि समितिले यस्तो अध्ययन गर्न लागेको हो ।

केहि कम्पनीहरुको व्यवसाय भन्दा पूँजी कम छ तर उनिहरु नै पूँजी बढाउनु पर्यो भन्दै आउन थाले पछि समितिले रोक लगाएको हो । बीमा समितिले अहिले निर्धारण गरेको पूँजी न्युनतम हो । यसमा बोनस शेयर दिएर पूँजी बढाउन  रोक लगाइएको छैन ।

समितिको प्रारम्भिक चरणमा रहेको यस अध्ययनको प्रतिवेदन आउन केहि समय अझै लाग्छ । समितिले यसको प्रतिवेदन यसै आर्थिक वर्षमा आए पनि तत्कालै कम्पनीहरुलाई हकप्रद शेयर निष्काशन गर्न भने नदिने जनाउदै आएको छ ।

आगामी दिनमा बीमा कम्पनीहरुले रिस्क वेस क्यापिटलको मोडालिटी अनुसार पूँजी बढाउने वा नबढाउने भनेर तय गर्न सक्नेछन् । जसले गर्दा बीमा कम्पनीहरुको पूँजी बढाउने कामलाई व्यवस्थित गर्न समितिलाई सजिलो पर्नेछ । दोस्रो बजारका लगानीकर्ताले पनि यहि मापदण्डका आधारमा कम्पनीहरुको योजनालाई अनुमान गर्न सक्छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS