IME Life New

जनउत्थानले दिने भयो २० प्रतिशत बोनस, १०० प्रतिशत हकप्रद पनि आउदै

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत बोनस सेयर दिने भएको छ । लघुवित्तको सोमबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजी २ करोड ८८ लाख रुपैयाँको २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । यस्तै, कर तिर्न ३ लाख ३ हजार १५७ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेश गर्ने निर्णय गरेको छ ।

कम्पनीले यस अघिको वार्षिक साधारण सभाबाट १०० प्रतिशत हकप्रद ल्याउने प्रस्ताव पारित गरेको थियो । उक्त हकप्रदपछि भने बोनसदर १० प्रतिशत हुने कम्पनीले जनाएको छ । हकप्रद र बोनसपछि यसको चुक्ता पुँजी ६ करोड ३३ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS