IME Life New

निर्जीवन बीमा कम्पनीहरुले साउन महिनामै संकलन गरे ३ अर्ब १९ करोड बीमा शुल्क, कुन कम्पनीको कति (सूचि सहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो महिनामा ३ अर्ब १९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । राष्ट्रिय बीमा कम्पनी बाहेक १९ वटा निर्जीवन बीमा कम्पनीहरुले उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।

निर्जीवन बीमा कम्पनीहरुको प्रमुख आम्दानी बीमा शुल्क हो । आर्जित बीमा शुल्कबाटै पुनर्बीमा गर्ने, दाबी भुक्तानी तिर्ने तथा बाँकी रहेको रकमलाई व्यवस्थापन गरेर मुनाफा आर्जन गर्छन् । कम्पनीको व्यवसायिक अवस्था कम्पनीहरुले आर्जन गर्ने बीमा शुल्कबाट थाहा हुने भएकाले यसलाई महत्वका साथ हेरिन्छ ।

Esewa
Crest

बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार साउन महिनामा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले ३३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै दोस्रो नम्बरमा रहेको सगरमाथाले ३० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने तेस्रो नम्बरमा रहेको नेकोले २६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।

चौथो नम्बरमा रहेको सिद्धार्थ इन्स्योरेन्स कम्पनीले पनि २६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । पाँचौ स्थानमा रहेको हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले २३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । त्यस्तै बाँकी कम्पनीहरुले क्रमश प्रिमियर इन्स्योरेन्स कम्पनीले २२ करोड, एनएलजी २० करोड, दि ओरियण्टल १७ करोड, युनाइटेड १५ करोड, प्रभु १३ करोड, आइएमई जनरल १३ करोड, नेशनल इन्स्योरेन्स १२ करोड, प्रुडेन्सियल १२ करोड, अजोड १२ करोड, नेपाल इन्स्योरेन्स ११ करोड , एभरेष्ट ११ करोड, लुम्बिनी १० करोड, जनरल ७ करोड र सानिमा ६ करोड  रुपैयाँ  बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । यो तथ्याङ्क बीमा समितिले उपलब्ध गराएको आधारमा तयार पारिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS