Connect IPS
IME Life

सर्भेयरलाई इन्ट्रनसिपमा पठाउने बीमा समितिको अपरिपक्व कदम विवादमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिले नयाँ सर्भेयर लाइसेन्सका लागि आवेदन दिनेलाई अनिवार्य इन्ट्रनसिपमा जानु पर्ने व्यवस्था गरे सँगै उनिहरु आक्रोसित भएका छन् । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पहिलो लटको सर्भेयरको तालिमको समापन कार्यक्रममा आधारभुत तालिम लिएकाले अनिवार्य १५ दिन बीमा कम्पनीमा गएर इन्ट्रनसिप गर्नु पर्ने घोषणा गरे लगत्तै उनिहरुले विरोध जनाएका थिए ।

तर कार्यकारी निर्देशक पौडेलले स्किल डेभलपमेन्टका लागि इन्ट्रनसिपलाई अनिवार्य गरिएको हुँदा आफुलाई पाएक पर्ने बीमा कम्पनीका शाखा कार्यालयमा गएर कम्तिमा १५ दिन इन्ट्रनसिप गर्न अनुरोध गरे । समितिले सर्भेयरको आवेदन आह्वान गर्दा एउटा व्यवस्था गर्ने तालिम लिए पछि अर्को व्यवस्था गरेको भन्दै उनिहरुले विरोध जनाएका हुन् ।

Prabhu
Crest

समितिले जम्मा ५ दिनको आधारभुत तालिम दिएकै भरमा सर्भेयरको लाइसेन्स दिनु आफैमा गलत थियो । यसलाई सच्याउदै समितिले १५ दिनको इन्ट्रनसिपको व्यवस्था गर्नु आफैमा राम्रो कदम भए पनि आवेदन दिइसके पछि तालिममा जाउ भन्नु आफैमा कमजोरी हो ।

यदि समितले आवेदन लिने बेलैमा १५ दिन अनिवार्य इन्ट्रनसिप गर्नु पर्छ भनिदिएको भए अहिले यस्तो विवाद आउने थिएन । यहि कुरालाई टेकेर उनिहरुले विरोध गरेका हुन् । अधिकाम्स आवेदकहरु कुनै न कुनै पेसा व्यवसायमा आवद्ध छन् । त्यसैले गर्दा ५ दिनको तालिमको अतिरिक्त थप १५ दिनको समय निकाल्नु उनिहरुका लागि पनि कठिन हुन सक्छ ।

समितिले व्यवहारिक सहजताका लागि आफुलाई पायक पर्ने जुनसुकै ब्रान्चमा गएर  पायक पर्ने समयमा इन्ट्रनसिप गर्न निर्देशन दिएको छ । नेपालमा सर्भेयरको संख्या धेरै नै कम भएको भन्दै प्रस्ताव आह्वान गर्न ११६८ जनाले आवेदन दिएका छन् । विगत ५ वर्षदेखि लाइसेन्स खुला गर्न नसक्दा पनि यस्तो अवस्था सिर्जना भएको हो । समय समयमा लाइसेन्स खुला गरिरहेको भए अहिले यतिधेरै आवेदन नपर्ने थियो । ५ दिन तालिममा बसेको भरमा लाइसेन्स पाउने भए पछि योग्यता पुगेकाहरुको सर्भेयरको लाइसेन्स प्रति आकर्षण बढेको हो ।

अहिलेको कोभिड १९ को महामारीको समयमा एउटै हलमा २५ जना भन्दा धेरैलाई तालिम दिन मिल्दैन । नियमित रुपमा तालिम सञ्चालन गर्दा संक्रमणको जोखिम पनि उच्च रहन्छ । अर्को तर्फ नियमित तालिम सञ्चालन गर्न नसक्ने हो भने एक वर्षमा पनि तालिम दिएर सकिदैन । त्यसैले गर्दा समितिले यसका लागि टाक्स फोर्स नै बनाएर अगाडि बढ्नु पर्ने हुन्छ । आवेदकले पछिल्लो समय बीमा समितिमा छिटो तालिम आह्वान गरिदिनु पर्यो भनेर दवाव दिइरहेका छन् ।

इन्स्योरेन्स इन्ष्टिच्युटबाट १२ दिनमा दुई वटा सेसन सञ्चालन गर्दा पनि लगभग एक वर्षसम्म यहि तालिम सञ्चालन गरेर बस्नु पर्ने बाध्यता रहन्छ । यसका लागि समितिले तालिम दिने अन्य प्ल्याट फर्म पनि क्रियट गर्नु पर्ने हुन्छ ।

आवेदक सँग अग्रिम रुपमा पैसा लिइसकेको हुँदा समितिले पनि समयमा तालिमको प्रवन्ध मिलाउनु पर्छ । समितिले इन्ष्टिच्युटका साथै आफ्नै कार्यलायबाट पनि तालिम सञ्चालन गरेर सकाउनु पर्ने हुन्छ । अर्को तर्फ इन्ट्रनसिपमा पठाउने थप व्यवस्थित गर्ने समितिको कार्य योजना पनि धेरै संख्याको आवेदकका कारण सम्भव छैन ।

बरु समितिले अहिले आधारभुत तालिम लिएकालाई आधारभुत लाइसेन्स दिनु पर्छ । यदि उनिहरुले सर्भेयरको काम गर्ने हो भने इन्ट्रनसिप गर्नै पर्ने व्यवस्था गरिदिने हो भने उनिहरुले आफु अनुकुल कुनै कम्पनीमा गएर इन्ट्रनसिप गर्न सक्छन् । बरु इन्ट्रनसिपको लागि निश्चित समय दिइनु पर्छ जस्तो ६ महिना एक वर्ष भित्रमा भनेर ।

आधारभुत तालिम लिएका सर्भेयरलाई फिल्डमा खटाउदा उनिहरुबाट धेरै नै प्राविधिक त्रुटी हुने भएकाले पनि इन्ट्रनसिप आफैमा राम्रो कदम हो । तर बीमा समितिको अपरिपक्व कदमले कार्यान्वयनमा अप्ठ्यारो अवस्था सिर्जना भएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS