IME Life New

बीमा सर्भेयरका लागि आवेदन दिने आज अन्तिम दिन, सुरुमा आवेदन दिने २५ जनाले आज लाइसेन्स पाउदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले आह्वान गरेको सर्भेयर लाइसेन्सका लागि आवेदन दिन आज अन्तिम दिन रहेको छ । समितिले भदौ ८ गतेदेखि योग्यता पुगेका नेपाली नागरिकका लागि सर्भेयर लाइसेन्सका लागि प्रस्ताव आह्वान गरेको थियो ।

इच्छुक आवेदकले आज साझ ५ बजेसम्म अनलाइनबाट आवेदन दिन सक्ने बीमा समितिका सहायक निर्देशक सम्भु प्रसाद मिश्रले जानकारी दिए । हालसम्म सर्भेयरका लागि ११ सय भन्दा धेरैले आवेदन दिइसकेका छन् । जस मध्ये अधिकाम्स इन्जिनियर रहेका छन् । त्यस्तै एक सय भन्दा धेरै चार्टर्ड एकाउन्टेन्टले आवेदन दिएको समितिले जनाएको छ ।

Esewa
Crest

समितिले सबैभन्दा पहिला आवेदन दिने सूचिका आधारमा तालिम दिन सुरु गरिसकेको छ । सबैभन्दा पहिला आवेदन दिने २५ जनाको सर्भेयरको तालिम आज समापन हुँदै छ । सर्भेयरकोलागि अत्याधिक आवेदन परे पछि तालिम पनि सुरु गरिएको कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । कोभिड १९ का कारण एउटा हलमा २५ जना भन्दा धेरै राख्न नपाउने भए पछि २५/२५ जनाको दरले तालिम सञ्चालन गर्न लागिएको हो ।

समितिले गत भदौ ८ गतेदेखि प्रस्ताव आह्वान गर्दा जसले पहिला आवेदन दिएका थिए उनिहरुलाई ‘फर्स्ट कम फर्स्ट प्रायोरिटीका आधारमा’ तालिम दिन सुरु गरेको छ । आजसम्म आवेदन दिन पाउने भएकाले अझै धेरैको आवेदन पर्ने अपेक्षा गरिएको छ ।

अन्य पेशामा आवद्ध भएर पनि पार्ट टाइमको रुपमा काम गर्न सकिने भएकाले यस पेसमा आकर्षण बढेको हो । हाल ७ सय हारारहीमा सर्भेयरहरु रहेका छन् । तर सक्रिय सर्भेयरको संख्या भने एक डेड सय मात्रै छन् । बीमा कम्पनीहरुले सर्भेयरको अभावले गर्दा दाबी भुक्तानीको क्षति मूल्याङ्कनमा समस्या भएको भन्दै गुनासो गर्दै आएका थिए ।

कुनै बीमकको कार्यालयमा अधिकृतस्तरको पदमा कम्तिमा दश वर्षसम्म बीमा व्यवसाय सँग सम्बन्धित काम गरेका, इन्जीनियरिङ विषयमा कम्तिमा स्नातक उपाधि हासिल गरेका, अन्तर्राष्ट्रिय स्तरका चार्टर्ड इन्स्योरेन्स इन्ष्टिच्युट वा त्यस्ता संस्थाको मान्यता प्राप्त संस्थाबाट बीमा सम्बन्धी विषयमा कम्तिमा स्नातक उपाधी हासिल गरेका, चार्टर्ड एकाउन्टेन्सी परिक्षा उत्तीर्ण गरेका नेपाली नागरिकले सर्भेयर लाइसेन्सका लागि निवेदन दिन सक्ने छन् । योग्यता पुगेका आवेदकले बीमा समितिले सञ्चालन गरेको आधारभुत तालिममा समभागी भए पछि मात्रै लाइसेन्स प्राप्त गर्छन् ।

समितिले ६ दिनको आधारभुत तालिम प्रदान गर्छ । सोहि तालिमा सहभागि भए पछि उनिहरुले ५ हजार रुपैयाँ शुल्क बुझाएर सर्भेयरको लाइसेन्स लिन पाउछन् ।

यसरी सर्भेयरको लाइसेन्स लिए पनि काम पाउने वा नपाउने ग्यारेन्टी भने हुँदैन । हरेक निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्षको सुरुमा सर्भेयरको सूचि बनाउने गरेका छन् । उनिहरुले सुरुवमा बनाउने सूचिमा पर्न सक्नु पर्छ । यसरी सूचिमा परेपछि पनि काम पाइन्छ नै भन्ने ग्यारेन्टी हुँदैन । बीमा गरिएको सम्पत्तीको क्षति भए पछि उक्त क्षेतिको मूल्याङ्कनका लागि कम्पनीले सम्पर्क गर्छन् । कम्पनीले उक्त क्षतिको मूल्याङ्न गरे बापत पारिश्रमिक दिने गरेका छन् । कम्पनीले पोत्याएका तथा नियमित सम्पर्कमा रहेका सर्भेयरले भने राम्रो पैसा कमाउने गरेका छन् । प्रायः सर्भेयर काठमाडौं भित्रै रहने भएकाले उपत्यका बाहिरको दुर्घटनाका क्रममा भने सर्भेयरको अभाव हुने गरेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS