IME Life New

समस्या तेर्स्याएर दाबी भुक्तानी नगर्ने प्रवृत्तीलाई समितिले सहेर नबस्ने, दाबी नतिर्नेको अध्ययन हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले निर्जीवन बीमा कम्पनीका दावी विभागका प्रमुखहरु सँग ‘दाबी भुक्तानी सम्बन्धी अन्तर्क्रिया तथा छलफल कार्यक्रम’ सम्पन्न गरेको छ । बिहीबार बीमा दाबी सम्बन्धमा देखिएका समस्या र समाधानका विषयमा छलफल भएको हो ।

कार्यक्रममा सम्पुर्ण निर्जीवन बीमा कम्पनीका दाबी विभागका प्रमुखहरुको उपस्थितिमा बीमा समितिको तर्फबाट अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशकहरु दिनेशलाल कर्ण, पुजन ढुङ्गेल अधिकारी तथा शुशिल देव सुवेदी सहित दाबी विभागका उपनिर्देशक विरोध भट्ट सहायक निर्देशक रञ्जिता केसि लगायतको उपस्थिति थियो । निर्देशक दिनेशलालले छलफल कार्यक्रममा कार्यपत्र प्रस्तुत गरेका थिए । दाबीका लागि विद्यमान कानुनी व्यवस्था, दाबीको महत्व, दाबी भुक्तानीका सम्बन्धमा देखिएका समस्याहरु र चुनौतीहरुका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

Esewa
Crest

छलफल कार्यक्रममा कम्पनीका प्रतिनिधिहरुले सर्भेयरले समयमा प्रतिवेदन नबुझाउदा दाबी भुक्तानीमा ढिलाइ भएको भन्दै गुनासो गरेका थिए । बीमितहरुलाई पनि दाबी भुक्तानीका लागि आवस्यक कागजपत्र समयमै जुटाउनु पर्छ भन्ने ज्ञान नहुँदा दाबी भुक्तानीमा समस्या देखिएको उनिहरुको भनाइ थियो । कानुनी रुपमै बीमितले दाबी भुक्तानीका लागि आवस्यक कागजपत्र जुटाउनु पर्ने समयावधि तोकिनु पर्ने भन्दै माग गरेका छन् । सर्भेयरले प्रतिवेदन बुझाउनु पर्ने समय तथा दाबी भुक्तानी गर्नु पर्ने समय जसरी तोकिएको छ त्यसरी नै बीमितले पनि आफुले जुटाउनु पर्ने कागजपत्रको लागि पनि हदम्याद तोकिदिनु पर्ने भन्दै उनिहरुले सुझाव दिएका थिए ।

हाल बजारमा रहेका ४ सय हाराहारीको सर्भेयर मध्ये सक्रिय सर्भेयरको संख्या १५० हाराहारी मात्रै भएको हुँदा सर्भेयरको लागि नयाँ आवेदन खुलाउन उनिहरुले माग राखेका छन् । साथै अहिले एउटा सर्भेयर सँग ५ वटा दाबी भुक्तानीको फाइल पेण्डिङ छ भने अन्य सर्भे गर्न नपाउने व्यवस्था छ । यस्तो व्यवस्था संसोधन गर्दै यसको सिमा बढाउन समेत उनिहरुले माग राखेका छन् ।

वर्कसपहरुले फर्जी विल बनाउदा मोटर बीमाको दाबी भुक्तानीमा समस्या देखिएको उनिहरुको भनाइ थियो । वर्क सपले मनलाग्दी फर्जी विल बनाउन थाले पछि त्यसको छानविनका क्रममा केहि समय ढिला हुने गरेको गुनासो गरेका छन् ।

कतिपय यातायात व्यवसायीले तेस्रो पक्षिय बीमा अन्तर्गत रहेर २०७०/७१ को मेडिकल विल ल्याएर दाबी माग गरेको भन्दै उनिहरुले समितिलाई जानकारी गराएका थिए । सहभागिले बीमितहरुलाई पनि निर्जीवन बीमा सम्बन्धी जनेतना सम्बन्धी कार्यक्रम सञ्चालन गर्नु पर्यो भन्दै माग राखेका थिए ।

बीमाको विस्वनियता तव बढ्छ जव बीमा कम्पनीहरुले समयमा दाबी भुक्तानी गर्छन् त्यसैले सक्दो छिटो दाबी भुक्तानी गर्न समितिका अध्यक्ष सिलवालले अनुरोध गरेका छन् । बीमा गर्दा नै पुर्ण रुपमा अण्डराइटिङ गरिन्छ तर जव दाबी पर्छ त्यस पछि विभिन्न समस्या तेर्याएर दाबी भुक्तानी नगर्ने प्रवृत्तीलाई समितिले सहेर नबस्ने सिलवालले बताएका थिए । बीमा कम्पनीहरुले दाबी भुक्तानी नगर्ने वित्तीकै समिति माथिनै प्रश्न उठ्ने भएकाले समिति चुप लागेर नबस्ने भन्दै सिवालले समयमा दाबी भुक्तानी गर्न निर्देशन दिएका हुन् । उनले भने ‘तपाईहरु जिम्मेवारी जवाफदेही बन्नुहोस । बीमितलाई दुख नदिनुहोस । शुद्ध मनसायले दाबी भुक्तानी गर्नुहोस ।’

नेपालमा निर्जीवन बीमा व्यवसायको बजार धेरै नै खालिरहेको हुँदा समयमै दाबी भुक्तानी गरि बजार विस्तारका लागि सबै जना जुट्नु पर्ने उनको भनाइ थियो । कम्पनीहरुमा अत्याधिक रुपमा दाबी भुक्तानी पेण्डिङ देखिएको तथा समितिमा पनि मुद्दाको चाङ्का चाङ थपिदै गएको भन्दै अध्यक्ष सिलवालले यसका विषयमा अध्ययन गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS