Connect IPS
IME Life

शिखर इन्स्योरेन्सको नाफा ४७ करोड ५७ लाख रुपैयाँ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ मा ५.६७ प्रतिशतले खुद मुनाफा बढाउन सफल भएको छ । कम्पनीले यस अवधिमा ४७ करोड ५७ लाख रुपैया मुनाफा आर्जन गरेको हो । गत वर्षको यहि अवधिमा कम्पनीले ४५ करोड एक लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

खुद बीमा शुल्क आर्जन २.३२ प्रतिशतले सुधार हुँदा कुल बीमा शुल्क आर्जन भने १२.७९ प्रतिशतले बढेको छ । कम्पनीले २ अर्ब ८८ करोड ४६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ भने कुल बीमा शुल्क आर्जन त अर्ब ९७ करोड रुपैयाँ रहेको छ ।

Prabhu
Crest

दाबी भुक्तानी गत वर्षको भन्दा २.५२ प्रतिशतले घटेको छ । यस अवधिमा ८५ करोड २५ लाख रुपैया दाबी भुक्तानी गरेको छ । गत वर्षको यहि अवधिमा ८७ करोड ४७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । कम्पनीले अझै २० करोड १० लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ । अघिल्लो आर्थिक वर्षमा ८० करोड रुपैंयाँ दाबी भुक्तानी तिर्न बाँकी थियो । यस वर्ष कम्पनीले दाबी भुक्तानीलाई उल्लेख्य प्राथमिकता दिएको छ ।

चुक्ता पूँजी २२ प्रतिशतले बढाएर एक अर्ब ७५ करोड रुपैयाँ पुर्याएको छ भने जगेडा कोषमा ५७ करोड २० लाख रुपैयाँ जम्मा गर्न सफल भएको छ । प्रतिशेयर आम्दानी २७ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ २१९ रुपैयाँ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS