Connect IPS
IME Life

लुम्बिनी जनरल इन्स्योरेन्सको नाफा १७ करोड २५ लाखमाथि, प्रतिशेयर आम्दानी कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७ /७८ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा, जगेडा कोष र खुद दाबी भुक्तानी घटेको छ ।

यस अवधिमा कम्पनीको खुद नाफा घटेको छ । अघिल्लो आर्थिक वर्षमा २० करोड ४१ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले गत वर्ष अर्थात आर्थिक वर्ष २०७७ /७८ को चौथो त्रैमाससम्ममा १७ करोड २५ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा कमी हो ।

Prabhu
Crest

समिक्षा अवधिमा कम्पनीले ५९ करोड ९३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५८ करोड ८३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जज गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १ दशमलव ८६ प्रतिशतले मात्र बृद्धि भएको छ ।

त्यस्तै,समिक्षा अवधिमा कम्पनीले ४३ करोड ४९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४३ करोड ९९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी सामान्य घटेको हो ।

१ अर्ब १९ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा २३ करोड ७७ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा २४ करोड १२ लाख रुपैयाँ मात्र संचिती रहेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषको संचिती घटेको छ ।

यस अवधिमा कम्पनीको बीमा कोषमा ७३ करोड ३९ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा ६४ करोड ४५ लाख रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको बीमा कोष १३ दशमलव ८७ प्रतिशतले बढी हो ।

कम्पनीको प्रति शेयर आम्दानी १४ रुपैयाँ ३९ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १८६ रुपैयाँ ७३ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS