IME Life New

नेविको विष्कुट कारखानामा भएको आगलागीको क्षति सानिमा जनरल इन्स्योरेन्सले बेहोर्ने, २६ करोडको बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेविको विष्कुट कारखानामा भएको आगलागीको क्षति सानिमा जनरल इन्स्योरेन्स कम्पनीले बेहोर्नु पर्ने भएको छ । कम्पनीले नेविको विष्कुट कारखानाको बीमा गरेको थियो । सानिमा जनरलले २६ करोड रुपैयाँ बीमाङ्क बराबरको बीमा गरेको कम्पनीका नायव महाप्रवन्धक प्रविण कुमार कोइरालाले जानकारी दिए ।

Esewa
Crest

कम्पनीले क्षति विवरण मूल्याङ्कनका लागि आफ्नो सर्भेयर खटाइसकेको छ । सर्भेयरले क्षति मूल्याङ्कन गरे पछि मात्रै यथार्थ विवरण थाहा हुने कोइरालाले जानकारी दिए । शनिवार बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविकोको बिस्कुट कारखानामा आगलागी भएको थियो । आगलागीका कारण करोडौं रुपैयाँको क्षमित भएको छ ।

शनिवार विहान २ बजेदेखी सुरु भएको आगालागी नियन्त्रणमा आउन समेत समय लागेको थियो । आगलागी नियन्त्रणका लागि दमकल र हेलिकप्टरको प्रयोग गरिएको थियो ।

सानिमा जनरलले एक्लै बीमा गरेको हुँनाले यसको सम्पुर्ण दायित्व सानिमाकै हात परेको छ । कम्पनीले पनि विदेशी पुनर्बीमा कम्पनीमा पुर्बीमा गर्ने भएकाले सम्पुर्ण दायित्व आफैले बहन गर्नु पर्दैन । केहि जोखिम आफैले बहन गरेर बाँकी रहेको रकम विदेशी बीमा कम्पनीबाट लिने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS