IME Life
GBIME

आर्थिक विकास र रोजगारीको अवसर सिर्जना गर्नमा सुनचाँदी क्षेत्रको योगदान महत्वपूर्णः डा. पौडेल

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । राष्ट्रिय योजना आयोगमा नवनियुक्त उपाध्यक्ष डा. विश्व नाथ पौडेलले मुलुकको आर्थिक विकास र रोजगारीको अवसर सिर्जना गर्नमा सुनचाँदी क्षेत्रको योगदान महत्वपूर्ण हुने बताए छन् । यो क्षेत्रवाट बर्षेनी अरवौंको राजस्व प्राप्त हुने मात्र नभई लाखौको संख्यामा रोजगारीको अवसर समेत सृजना हुने भएकोले मुलुकको आर्थिक विकास र परिवर्तनमा यो क्षेत्रमा भूमिका महत्वपूर्ण रहेको उनले बताए ।

नेपाल सनचाँदी ब्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग आज भएको भेटकाक्रममा उपाध्यक्ष पौडेलले सुनचाँदी क्षेत्रको विकास र विस्तारकालागि राज्यले आवश्यक पहल गर्ने बताए । सुनचाँदी क्षेत्रका एजेण्डाहरुलाई राष्ट्रिय नीतिमा समावेसगरी त्यसलाई ब्यवहारमा कार्यान्वयनमा ल्याउन सके यो क्षेत्रवाट अरुबढी लाभ लिन सकीने उनको भनाई छ । मौलिक गरगहनाको संरक्षण र प्रवद्र्धन, खानी उत्खनन्, निर्यात प्रवद्र्धन जस्ता बिषयलाई आयोगले महत्वका साथ हेर्ने प्रतिवद्धता पनि त्यसक्रममा उनले ब्यक्त गरे ।

Crest

उपाध्यक्ष पौडेलसँगको भेटकाक्रममा महासंघका अध्यक्ष माणिक रत्न शाक्यले  सुनचाँदी ब्यवसाय सञ्चालनकाक्रममा ब्यवसायीले भोग्नु परेका विभिन्न किसिमका समस्याहरुको बारेमा जानकारी गराएका थिए । उनले यो ब्यवसायको विकास र विस्तारकालागि राज्यले अवलम्वन गर्नुपर्ने नीतिका बारेमा प्रकाश पारेका थिए । बजारमा पर्याप्त मात्रामा कच्चा पदार्थको समेत आपूर्ति हुन नसक्दा यसवाट ब्यवसाय सञ्चालनमा समस्या सृजना भएको उनको भनाई छ ।

उपाध्यक्ष पौडेलसँगको भेटका क्रममा महासंघको तर्फवाट अध्यक्ष शाक्य सहित महासचिव धर्म शुन्दर बज्राचार्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ, सचिव किरण भाई बज्राचार्य लगायको उपस्थिति रहेको थियो ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS