IME Life New

एकल बीमा पोलिसी जारी गर्दा संवेदनशील हुन वित्तीय जानकारी इकाईको अनुरोध, कालोधनको प्रयोग हुन सक्ने उच्च जोखिम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले सम्पत्ती शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणका सम्बन्धमा बीमा क्षेत्रमा गोएमएल सफ्टवेयर लागु गर्ने विषयमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । समितिले आइतबार सम्पुर्ण जीवन तथा निर्जीवन बीमा कम्पनीका प्रतिनिधिहरु सँग छुट्टा छुट्टै कार्यक्रम आयोजना गरेको हो ।

नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइका पदाधिकारीले सम्पुर्ण बीमा कम्पनीहरुको सम्पत्ती शुद्धिकरण अनुगमन विभागका कर्मचारीहरुलाई गोएमएल सफ्टवेयर सञ्चालन गर्न सिकाएका थिए । कार्यक्रममा बीमा समितिको तर्फबाट अध्यक्ष सूर्य प्रसाद सिलवाल निर्देशकहरु  दिनेशलाल कर्ण, पुजन ढुङ्गेल, शुसिलदेव सुवेदी लगायतको उपस्थिति थियो ।

Esewa
Crest

बीमा क्षेत्रका लागि गत आर्थिक वर्षदेखि नै यो सफ्टवेयर लागु पर्ने थियो तर विविध कारणले यो हुन सकेन । तर चालु आर्थिक वर्षको साउन एक गतेदेखि सम्पुर्ण बीमा कम्पनीहरुले अनिवार्य प्रयोग गर्नै पर्ने व्यवस्था गरिएको छ । यो सफ्टवेयर मार्फत सबै बीमा कम्पनीहरुले रिपोर्टिङ गर्नु पर्ने हुन्छ ।

साउन एक गतेदेखि यो सफ्टवेयर अनिवार्य प्रयोग गर्नै पर्ने भए पनि अझै केहि कम्पनीहरुमा यसको बुझाइमा अस्ष्टता देखिदै आएको छ । उक्त अस्ष्टतालाई निराकरण गर्नका लागि पनि समितिले सम्पुर्ण बीमा कम्पनीहरुलाई एकै ठाउँमा बोलाएर छलफल गराएको हो । कम्पनीहरुलाई संकास्पद कारोबारको छनोटमा केहि अस्पष्टता रहदै आएको छ । सीमा भन्दा माथिको कारोबारको रिपोर्टिङ सम्बन्धमा पनि आज गम्भिरता पुर्वक छलफल गरिएको छ । उक्त अस्पष्टतालाई नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइका पदाधिकारीको स्पष्ट सँग बुझाउने प्रयास गरेका थिए ।

बीमा कम्पनीहरुले एक लाख रुपैयाँ भन्दा माथिको सबै कारोबारलाई यस सफ्टवेयरमा रिपोर्टिङ गर्नु पर्छ । त्यस्तै निर्जीवन बीमा कम्पनीहरुले तीन लाख भन्दा माथिको सम्पुर्ण कारोबारको रिपोर्टिङ गर्नु पर्छ । यस क्रममा उक्त सिमा भन्दा माथिको भुक्तानी गर्ने बीमितको पुरा नाम, बीमितको नागरिकता नम्बर, पोलिसीको नाम, केबाट भुक्तानी भएको हो सोको विवरण, पैसाको स्रोत लगायत विवरणहरु भर्नु पर्ने हुन्छ ।

सिङ्गल प्रिमियमको माध्यमबाट ठुलो ठुलो रकम यस क्षेत्रमा लगानी हुने र केहि समयमै सरेण्डर गराउदा जोखिम देखिएको भन्दै यस क्षेत्र थप संवेदनशिल भएको कार्यक्रममा सहभागिले उल्लेख गरेका थिए । बीमा ऐन भन्दा सम्पत्ती शुद्धिकरण सम्बन्धी कानुन झन् कडा भएकाले यसलाई गम्भिरता पुर्वक सबैले पालना गर्नु पर्ने अध्यक्ष सिलवालले जानकारी दिए । यो ऐन अन्तर्गतका व्यवस्था पालना नगर्दा वा उल्लङ्घन गर्दा बीमा कम्पनीहरुलाई ५ करोड रुपैयाँसम्मको जरिवाना हुन सक्ने व्यवस्था छ त्यस्तै कम्पनी नै खारेजसम्म हुन सक्ने अवस्था रहेको छ ।

सिङ्गल प्रिमियमको माध्यमबाट ठुलो ठुलो रकम यस क्षेत्रमा लगानी हुने र केहि समयमै सरेण्डर गराउदा जोखिम देखिएको भन्दै यस क्षेत्र थप संवेदनशिल भएको कार्यक्रममा सहभागिले उल्लेख गरेका थिए । समितिले गत आर्थिक वर्षमै गोएमएल सफ्टवेयर प्रयोगमा ल्याएका १४ वटा कम्पनीहरुको स्थलगत निरिक्षण पनि गरिएको थियो । सम्पत्ति शुद्धिकरण सम्बन्धमा अन्तर्राष्ट्रिय अनुगमनकर्ता निकाय फाइनान्सियल एक्शन टास्क फोर्स(एफएटिएफ)ले गत वर्ष नै नेपालको बैंक,वित्तीय संस्था, बीमा कम्पनी, शेयर बजारलगायत पूँजीको कारोबार हुने इकाईहरुमा अनुगमन गरेर नेपालमा सम्पत्ति शुद्धिकरणको अवस्थाबारे स्थलगत अध्ययन गर्ने तय भएको थियो । तर कोरोना महामारीको कारण स्थगन भएको अनुसन्धान कार्यालय यसवर्ष शुरु हुने भएको हुँदा बीमा कम्पनीहरुमा समेत सफ्टवेयर लागू गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS