Connect IPS
IME Life

घर जग्गा बाहेकका स्थिर सामाग्री खरिद गर्दा बीमा समितिको स्वीकृति आवश्यक नपर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा कम्पनीहरुले कार्यालय प्रयोजनका लागि आवस्यक पर्ने घर/जग्गा बाहेका स्थिर सम्पत्ती खरिद बिक्री गर्दा बीमा समितिको स्वीकृति आवस्यक नपर्ने भएको छ । कम्पनीहरुले आफ्नो नेटवर्थको बढिमा ३० प्रतिशत भित्र रहि सञ्चालक समितिबाट स्वीकृत गरेको बजेटको सीमा भित्र रहेर उनिहरुले स्थिर सम्पत्ती खरिद बिक्री गर्न पाउने भएका हुन् ।

Prabhu
Crest

बीमा कम्पनीहरुले केहि अस्थिर सामाग्री खरिद गर्नका लागि पनि बीमा समितिको स्वीकृति लिनु पर्ने बाध्यता थियो । समितिले थोरै तीनो सामाग्री खरिद गर्न कम्पनीहरुलाई नै स्वतन्त्रता प्रदान गरेको हो । कम्पनीहरुले बीमितको पैसा दुरुपयोग गरेको भन्दै समितिले माइक्रोम्यानेजमेन्ट गर्दै आएको थियो । कम्पनीहरुले अनावस्यक रुपमा गाडि खरिद गर्न थाले पछि समितिले केहि वर्षदेखि कडाइ गर्दै आएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले आफ्नो व्यक्तिगत प्रयोगनका लागि पनि गाडि खरिद गरेर दुरुपयोग गरेको भन्दै समितिले गाडि खरिदमा कडाइ गर्दै आएको थियो ।

साना-साना कुरामा पनि समितिले हेर्न थाले पछि अन्य कुरामा ध्यान दिन नसकेको भन्दै अध्यक्ष सूर्य प्रसाद सिलवालले केहि अधिकार कम्पनीलाई छाडिदिनु पर्ने तर्क राख्दै आएका थिए । कम्पनीका ठुला ठुला खरिद बिक्रीलाई सञ्चालक समितिले हेर्ने भएकाले उक्त अधिकार सञ्चाकहरुलाई नै छाडिएको समितिको तर्क छ ।

कम्पनीमा हुने अनावस्यक खर्च रोक्ने काम शेयरधनीहरु अर्थात सञ्चालक समिति नै हुने भएकाले यसलाई समितिले छाडिदिने भएको छ । कार्यालय प्रयोजनका लागि खरिद गरिने घरजग्गाको विषयमा भने समितिको अनुमति आवस्यक पर्ने छ । कतिपय घरजग्गामा गरिएको लगानी संवेदनशिल हुने भएकाले यसलाई समितिकै क्षेत्राधिकार भित्र राखिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS