IME Life New

ग्लोबल आइएमई बैंकका कर्मचारी तथा ग्राहक लाई चिरायु नेसनल हस्पिटलमा विशेष छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

ग्लोबल आइएमई बैंक र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युट बीच सेवा सम्बन्धि सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युटका हस्पिटल डाइरेक्टर सञ्जिव राजभण्डारी र ग्लोबल आइएमई बैंकका कार्ड बिक्रि, वितरण तथा प्रवद्र्घन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरेका छन् । हस्पिटलले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

Esewa
Crest

सम्झौता भए पश्चात चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युटमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १५ प्रतिशत सम्म छुट दिने भएको छ ।

ग्लोबल आइएमई बैंकको हाल १३३ शाखा, १४२ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, ११५ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि \सम्पर्क कार्यालय मार्फत आफ्ना ९ लाख५० हजार भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS