IME Life New

एभरेष्ट बैंक र भारतको पंजाव नेशनल बैंक बीच सम्झौता

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

एभरेष्ट बैंकले भारतीय गोरखा सैनिकमा आवद्घ स्थायी नेपालीलाई सुविधा प्रदान गर्न भारतको पंजाव नेशनल बैंक सँग सम्झौता गरेको छ ।

पंजाव नेसनल बैंकको कार्यालय नयाँ दिल्लीमा आयोजित कार्यक्रमका अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र पंजाव नेसनल बैंकका महाप्रबन्धक समिर बाजपाईले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

Crest

नेपाल र भारतमा बैंकिङ सेवाका लागि भारतीय गोरखा शैनिकहरुले एभरेष्ट बैंक र पंजाव नेशनल बैंकको जुनसुकै शाखाबाट जुडुवा खाता खोल्न खक्नेछन् । रक्षक प्लस खाताबाट निशुल्क रेमिटेन्स सुविधा, एभरेष्ट बैंक र पंजाव नेशनल बैंकको सह–ब्राण्डेड डेबिट खाता जस्ता सुविधाहरु प्राप्त गर्न सक्ने जनाईएको छ ।

भारतीय गोरखा शैनिकका स्थायी नेपालीलाई रक्षक प्लस खाताबाट कर्जाको सुविधा समेत रहेको छ । एभरेष्ट बैंकले हाल आफ्ना ८६ वटा शाखाहरु, ३ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS