IME Life
Beema Board

सामाजिक सुरक्षा कोषका विरुद्ध बैंकहरु चरणबद्ध आन्दोलनमा, बीमा कम्पनी कोष सँग छलफल गर्दै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सामाजिक सुरक्षा कोषले दिने सुविधाका विषयलाई लिएर बैंक वित्तिय संस्था र बीमा कम्पनीका कर्मचारीहरु आन्दोलनमा छन् । बैंकका कर्मचारीहरुले हरेक दिन कार्यालय सञ्चालन हुनु भन्दा अगाडि कार्यालय अगाडि बसेर आन्दोलन गरिरहेका छन् । तर बीमा कम्पनीका कर्मचारीहरु भने बैंकको जस्तै गरि आन्दोलनमा देखिदैनन् ।

Prabhu
Crest

सामाजिक सुरक्षा कोषले बीमा कम्पनी तथा बीमक संघलाई बसेर छलफल गर्न अनुरोध गर्दै आएको छ । कतिपय बिमतिका विषयमा बसेर छलफल गर्ने र सुधारका लागि पहल गर्ने विषयमा केहि हदसम्म सहमति भएको देखिन्छ । तै पनि बीमा कम्पनीहरु उधारो सहमति गर्ने पक्षमा छैनन् । त्यसैले गर्दा एशियन लाइफ, प्राइम लाइफ, गुराँस लाइफ लगायतका केहि कम्पनीहरुले बैंकहरुको आन्दोलनमा एक्यबद्धता जनाउदै आएका छन् । कोषले बीमकहरुलाई छलफलका लागि आउन अनुरोध गरेकाले पनि सबै कम्पनीहरुले अहिले आन्दोलनमा गएको देखिदैन ।

कोषमा आवद्ध नभएका कतिपय बैंकलाई कारबाही गरे पछि बीमा कम्पनी र बैंकहरु हच्किएका छन् । यसले गर्दा सबै बीमा कम्पनीहरु कोषमा सूचिकृत भैइसकेका छन् । तर उनिहरुले योगदान बापतको रकम भने जम्मा गरेका छैनन् । अधिकाम्स कम्पनीले आफ्ना कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा जाने कि कर्मचारी सञ्चयकोषमा जाने भन्दै फर्म भराएका छन् । यदि कर्मचारी सञ्चयकोषमा जाने हो भने भोलिका दिनमा समाजिक सुरक्षा कोषमा कुनै किसिमका उजुरी नहाल्ने सर्त सहित संझौता पत्रमा हस्ताक्षर गराएका छन् । अधिकाम्स कर्मचारीले सामाजिक सुरक्षा कोषमा जान इन्कार गरे पछि बीमा कम्पनीहरु बाध्य भएर यस्तो गर्ने निर्णयमा पुगेका हुन् ।

बुधबार पनि बैंकका कर्मचारीहरुले कार्यालय अगाडि तथा सडकमै उत्रिएर आन्दोलन गर्न भ्याए । उनिहरुले सामाजिक सुरक्षा कोष बिरुद्ध कालोपट्टी बाधेर, कालो ब्यानर प्रयोग गरेर विरोध गरिरहेका छन् । उनीहरुले कोषलाई स्वेच्छिक बनाउन माग गरिरहेका छन् । कोषले जबर्जस्ती लैजान खोजेको भन्दै यसलाई उनिहरुले स्वेच्छिक बनाउन माग गरेका हुन् ।

कोषमा आवद्ध हुँदा आफ्नो अहिलेसम्म कमाएको पैसा बुझाउनुपर्ने, बुझाएपछि फिर्ता नआउने, पेन्सन आएपनि मूलधन डुब्ने भन्दै आक्रोसित भएका हुन् । बैंक वित्तीय संस्थाले सर्वोच्च अदालतमा कोषका विरुद्धमा मुद्दा हालेका छन् । भोलि ३१ गते उक्त मुद्दाको सुनुवाइ हुँदै छ ।

कोषले दिने सुविधा प्रति बैंक तथा बीमा कम्पनीका कर्मचारीको विस्वास छैन । अहिलेको अवस्थामा कतिपय विषयमा कर्मचारीको अविस्वास रहेकाले पनि अन्योलता बढेको कम्पनीहरु बताउछन् । उक्त अविस्वसा हटाउन कोषले चरणबद्ध रुपमा प्रयास गरे पनि कर्मचारीहरु कन्भिन्स हुन सकेका छैनन् ।

कोषले कर्मचारीका प्रतिनिधिहरुलाई छलफलबा बस्न निरन्तर रुपमा आग्रह गर्दै आए पनि उनिहरुले आफ्नो माग पुरा नभएसम्म छलफलमा नबस्ने भन्दै आएका छन् ।

बैंक, वित्तीय संस्था र बीमा कम्पनीका कर्मचारी संगठनहरुले विगत तीन दशकदेखि लाडेर प्राप्त गरेको सेवा सुविधा गुम्ने भन्दै यहि अवस्थामा सामाजिक सुरक्षा कोषमा नजाने निर्णय गर्दै १५ बुँदे माग राखेका छन् । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका कर्मचारीहरुले बारम्बार उठाई रहेका विषयहरुलाई कोषले कुनै सुनुवाई नगरी एकतर्फी रुपमा अगाडि बढीरहेकोले कोषको उक्त रवैया प्रति संगठनहरुले विमति राखेका हुन् ।

विगतदेखि नै राम्रो र आकर्षक सामाजिक सुरक्षा पाईरहेका बैंक तथा वित्तीय संस्थाहरु र बीमा कम्पनीका कर्मचारीहरुलाई यस योजनामा जोड्न सामाजिक सुरक्षा कोष मरिहत्ते गरेर लाग्नु राज्यले परिकल्पना गरेको योजना र उद्देश्य विपरीत हिडेको उनीहरुको ठम्याई छ ।

यो पनि पढ्नुहोस

तीन दशकदेखि लडेर प्राप्त गरेको सुविधा गुम्ने भन्दै बैंक बीमाका कर्मचारी सामाजिक सुरक्षा कोषमा नजाने, १५ बुँदे माग

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS