IME Life New

सम्मिश्रित वित्त व्यवस्था तथा लगानी सम्बन्धी छलफल कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकारको आर्थिक वर्ष २०७७।७८ को बजेटमा सम्मिश्रित वित्त व्यवस्था तथा लगानीका अन्य वैकल्पिक उपकरणको व्यवस्था गरी निजी लगानी प्रवर्द्धन गर्ने कार्यक्रमलाई कार्यान्वयन गर्न नेपाल धितोपत्र बोर्डले राय सुझाव संकलन सुरु गरेको छ ।

बोर्डले यसका लागि आवस्यक पर्ने नियमावलीको मौस्यौदा तयार पार्नु अगाडि सम्बन्धित निकाय तथा सरोकारवालाहरुसँग राय सुझाव लिएको छ । बोर्डले भर्चुअल माध्यमबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, बिमा समितीका अध्यक्ष सूर्य प्रसाद सिलवाल, बोर्डका कार्यकारी निर्देशक, अर्थ मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, उद्योग विभाग, नेपाल स्टक एक्सचेञ्ज तथा सिडिएससीका प्रतिनिधीहरु, ब्रोकर तथा मर्चेन्ट बैंकर एशोसियसनका प्रतिनिधीहरु, विभिन्न लगानीकर्ता समूहका प्रतिनिधीहरु, सम्मिश्रित वित्तसम्बन्धी विज्ञहरु लगायत अन्य सरोकारवालाहरु तथा बोर्डका कर्मचारीहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

Esewa
Crest

उक्त कार्यक्रममा सम्मिश्रित वित्त सम्बन्धी विज्ञ प्रा.डा. अच्युत वाग्लेले सम्मिश्रित वित्त सम्बन्धी धारणा, अन्तराष्ट्रिय अभ्यास र नेपालको सन्दर्भ सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । साथै उक्त कार्यक्रममा बोर्डका उप कार्यकारी निर्देशक डा.नवराज अधिकारीले सम्मिश्रित वित्त व्यवस्था तथा लगानी सम्बन्धी प्रस्तावित नियमावलीको व्यवस्थासम्बन्धी प्रस्तुती दिएका थिए ।

कार्यपत्र प्रस्तुतिकरण पश्चात् भएको छलफल कार्यक्रममा सहभागीहरुबाट आएका जिज्ञासाहरु कार्यक्रमका प्रस्तोताहरु तथा सम्बन्धित विषयका विज्ञहरु अमृत खरेल र जोसेफ सिल्भानुसले सम्बोधन गर्दै सम्मिश्रित वित्तका सम्बन्धमा अझ प्रकाश पारेका थिए।

कार्यक्रमका सभापति तथा बोर्ड अध्यक्ष भिष्मराज ढुंगानाज्यूले नेपाल सरकारको पूँजीबजार सम्बन्धी विषयको सल्लाहकार तथा पूँजीबजारको नियामक निकायको भूमिका बोर्डले निर्वाह गर्नुपर्ने परिप्रेक्ष्यमा नेपाल सरकारको नीति तथा कार्यक्रम अनुरुप यस विषयलाई अगाडि बढाइएको जानकारी दिए । साथै उनले सम्मिश्रित वित्त एउटा नयाँ धारणा तथा पद्धतिका रुपमा विकास भएको र यसको माध्यमबाट दिगो विकासको लक्ष्य हासिल गर्न निजी पुँजी प्रवाहमा गतिशिलता आउने तथा निजी क्षेत्रलाई लगानीको नयाँ अवसर प्राप्त हुने धारणा समेत व्यक्त गरे ।

त्यस्तै कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक निरज गिरीले कार्यक्रमका प्रस्तुतिकर्ता तथा सम्पूर्ण सहभागिहरुलाई धन्यवाद ज्ञापन गर्दै बोर्डले सम्मिश्रित वित्त व्यवस्थाका सम्बन्धमा उत्प्रेरकको भूमिका निर्वाह गर्न खोजेको धारणा दिए । कार्यक्रमको सञ्चालन बोर्डका उप कार्यकारी निर्देशक रुपेश के.सी. ले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS