IME Life New

सरकारले ४० माइक्रोन भन्दा कम क्षमताको प्लाष्टिक उत्पादन गर्ने मेसिन प्रतिस्थापन गरेमा अनुदान दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकारको मिति साउन एक गतेदेखि लागू हुने गरी प्लाष्टिक जन्य पदार्थबाट हुने वातावरणीय प्रदुषण न्यूनिकरण गर्न ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा पूर्णरुपमा प्रतिबन्ध लगाएको छ ।

सपिङमल तथा डिपार्टमेन्टल स्टोर लगायत सबै व्यापारिक प्रतिष्ठानमा प्लाष्टिकको झोलाको सट्टा सूति, जुट वा कागजका झोला प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको व्यहोरा समेत अवगत गराएको छ ।

Esewa
Crest

४० माइक्रोन भन्दा पातलो प्लाष्टिक झोला वा सीट उत्पादन गर्ने उद्योगले पुरानो मेशिनको पाटपूर्जा प्रतिस्थापन गरी नयाँ जडा नगरेमा हुने थप लगानी बराबरको रकम पूँजीगत अनुदान उपलब्ध गराइने व्यवस्था समेत आर्थिक वर्ष २०७८/७९ को आय-व्यको सार्वजनिक जानकारी वक्तव्यमा उल्लेख गरिएको हुँदा सोही बमोजिम गर्न गराउन सबै प्रकारका उत्पादक, वितरक, विक्रेता तथा सर्वसाधारणको लागि वातावरण विभागले सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS