IME Life New

कर छुट तथा सहुलियत लिन आन्तरिक राजस्व विभागको अनुरोध, कसले पाउछन् कर छुट ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आन्तरिक राजस्व विभागले आर्थिक अध्यादेश २०७८ को दफा २० देखि ३३ ले प्रदान गरिको कर छुट तथा सहुलियत प्राप्त गर्न अनुरोध गरेको छ । आर्थिक अध्यादेश २०७८ बाट प्रदान गरिएका कर छुट तथा सहुलियतको व्यवस्था अध्यादेश जारी भएको मिति जेठ १५ गतेदेखि नै लागु हुनेछ ।

अध्यादेशको दफा २० मा प्रशासकीय पुनरावलोकन वा पुनरावेदनमा रहेका मुद्दा फिर्ता लिई कर तिरेमा शुल्क, थप दस्तुर तथा जरिवाना मिन्हा सम्बन्धी विशष व्यवस्था रहेको छ ।

Crest

दफा २१ मा बक्यौता मिन्हा सम्बन्धी व्यवस्था रहेको छ । दफा २२ मा उत्पत्तिको प्रमाणपत्र जारी गरे बापतको कर, थप दस्तुर, व्याज र जरिवाना मिन्हा सम्बन्धी विशेष व्यवस्था गरेको छ । दफा २३ मा ट्रेकिङ तथा टुर प्याकेजमा लाग्ने थप दस्तुर, व्याज र जरिवाना मिन्हा सम्बन्धी विशेष व्यवस्था गरिएको छ ।

दफा २४ मा स्वास्थ्य सेवा प्रदायक संस्थालाई थप दस्तुर र व्याज मिन्हा सम्बन्धी विशेष व्यवस्था गरिएको छ । दफा २५ मा ढुवानी साधनको भाडा बापतको खर्च कट्टी सम्बन्धी विशेष व्यवस्था गरिएको छ । दफा २६ मा अन्तःशुल्क इजाजतपत्र नविकरण सम्बन्धी विशेष व्यवस्था, दफा २७ मा जिएसएम मोबाइल सेवा इजाजतपत्रको दोस्रो नविकरण दस्तुरको खर्च कट्टी तथा आय लेखाङ्कन सम्बन्धी विशेष व्यवस्था, दफा २८ कोभिड १९ को संक्रमणबाट प्रभावित कारोबारमा कर छुट सहुलियत सम्बन्धी विशेष व्यवस्था, दफा २९ मा कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा योगदान गरेको खर्च सम्बन्धी विशेष व्यवस्था, कोभिड १९ बाट संक्रमित बिरामीको उपचार व्यवस्थापनका लागि आवस्यक पर्ने स्वास्थ्य सामाग्रीमा कर छुट सम्बन्धी विशेष व्यवस्था, दफा ३१ मा व्यावसायिक सामाजिक जिम्मेवारी बापतको रकम स्वास्थ्य क्षेत्रमा खर्च गरेमा खर्च कट्टी सम्बन्धी विशेष व्यवस्था, दफा ३२ मा सामाजिक सुरक्षा कोषमा योगदान बापतको रकम हस्तान्तरण सम्बन्धी विशेष व्यवस्था, दफा ३३ मा प्राइभेट फर्म तथा कम्पनी नविकरण शुल्क मिन्हा सम्बन्धी विशेष व्यवस्था रहेको छ ।

कर छुट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS