काठमाडौं । नेपाल सरकारले मादक पदार्थको भाउ ह्वात्तै बढाएको छ । जौबाट बनेको वियरको भाउ प्रतिलिटर १६५ रुपैयाँले बृद्धि हुने भएको छ । सरकारले अन्तःशुल्क दर बढाउन सम्पुर्ण पेय पदार्थ तथा मादक पदार्थको भाउ बढ्ने भएको हो । वाइनको भाउ प्रतिलिटर ४५० रुपैयाँसम्म बृद्धि गरिएको छ ।
कुहाएर तयार पारिएका पेय पदार्थको अन्नःशुल्क पनि प्रतिलिटर ४५० रुपैयाँले बढाइएको छ । त्यस्तै ह्वस्कीको भाउ प्रतिलिटर १५६० रुपैयाँसम्म बृद्धि गरिएको छ ।