IME Life

सरकारी कर्मचारीको तलब दुई हजारले बढ्यो, कसको कति ? सूचि सहित  

SPIL
NIC ASIA

काठमाडौं । सरकारले राष्ट्र सेवक कर्मचारीको साउन एक गतेदेखि लागु हुने गरि मासिक २ हजार रुपैयाँले तबल बढाइएको छ । अन्य सेवा सुविधालाई भने यथावत राखिएको छ ।  सरकारी कर्मचारीको तलब बढेको छ। आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य मार्फत अर्थमन्त्री विष्णु प्रसाद पौडेलले तलब बढेको घोषणा गरेका हुन् ।

यस भन्दा अगाडी डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ मा राजपत्र अनंकित कर्मचारीहरुका लागि २० प्रतिशत र राजपत्र अंकित कर्मचारीका लागि १८ प्रतिशतले तलब बढाएका थिए । महंगीभत्ता र पोसाक भत्ता भने यथावत राखेका थिए । विष्णु प्रसाद पौडेलले भने तलब २ हजार रुपैयाँले बढाएका हुन् ।

Prabhu
Crest

कर्मचारी ऐन अनुसार हरेक दुई वर्षमा कर्मचारीको तलब सुविधा समायोजन गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

कसको तलब कति बढ्यो?

प्रथम स्तरको कर्मचारीको तलब मासिक २१ हजार ४ सय ७० रहेकोमा अहिले बढेर २३ हजार ४ सय ७० रुपैयाँ पुगेको छ ।

द्वितीय स्तरको कर्मचारीको पहिलेको तलब २२ हजार ६ सय ५७ रुपैयाँ रहेकोमा अहिले बढेर २४ हजार ६ सय ५७ रुपैयाँ कायम भएको छ।

तृतीय स्तरका कर्मचारीको पहिलेको तलब २३ हजार ९ सय ८० रुपैयाँ रहेकोमा अहिले बढेर २५ हजार ९ सय ८० रुपैयाँ कायम भएको छ।

चौथो स्तरको कर्मचारीको तलब २५ हजार ९ सय ८७ रुपैयाँ रहेकोमा अहिले बढेर २७ हजार ९ सय ८७ रुपैयाँ कायम भएको छ।

पाँचौं स्तरको कर्मचारीको तलब २८ हजार ५ सय ५६ रुपैयाँ रहँदै आएकोमा वृद्धि भई ३० हजार ५ सय ५६ रुपैयाँ कायम भएको छ।

राजपत्र अनंकित द्वितीय तहका कर्मचारीको तलब २८ हजार ४ सय रहँदै आएकोमा बढेर ३० हजार ४ सय रुपैयाँ कायम भएको छ। राजपत्र अनंकित (अमा) तहका कर्मचारीको तलब २९ हजार ५ सय ५१ रुपैयाँ रहँदै आएकोमा वृद्धि भई ३१ हजार ४ सय रुपैयाँ नयाँ तलब कायम भएको छ।

राजपत्र अनंकित प्रथम तहका कर्मचारीको तलब ३० हजार १ सय ९३ रुपैयाँ रहँदै आएकोमा बढेर ३१ हजार एक सय ९३ हजार रुपैयाँ कायम भएको छ ।

राजपत्र अनंकित प्रथम (अमा) तहका कर्मचारीको तलब ३२ हजार ७ सय ९९ रहँदै आएकोमा बढेर ३४ हजार ७ सय ९९ रुपैयाँ नयाँ तलब कायम भएको छ।

राजपत्रांकित तहका कर्मचारी कसको तलब कति?

राजपत्रांकित तृतीय तहका कर्मचारीको तलब ३७ हजार ९ सय ७५ रुपैयाँ रहँदै आएकोमा बढेर ३९ हजार ९ सय ७५ रुपैयाँ नयाँ तलब कायम भएको छ।

राजपत्रांकित द्वितीय तहका कर्मचारीको तलब ४२ हजार ३ सय ५७ रुपैयाँ रहँदै आएकोमा बढेर ४४ हजार ३ सय ५७ रुपैयाँ कायम भएको छ।

राजपत्रांकित प्रथम तहका कर्मचारीहरुको तलब ४९ हजार ३ सय ६५ रुपैयाँ रहँदै आएकोमा बढेर ५१ हजार ३ सय ६५ रुपैयाँ नयाँ तलब कायम भएको छ।

ब. सचिव (पेन्सन प्रयोजन) कर्मचारीको तलब ५२ हजार ५ सय ८२ रुपैयाँ रहँदै आएकोमा बढेर ५४ हजार ५ सय ८२ रुपैयाँ नयाँ तलब कायम भएको छ।

राजपत्र अनांकित विशिष्ट सचिवको तलब ६२ हजार ६ सय ५२ रुपैयाँ रहदै आएकोमा बढेर ६४ हजार ६ सय ५२ रुपैयाँ कायम भएको छ।

मुख्य सचिव तहका कर्मचारीको तलब ६६ हजार ४ सय ६ रहेको छ । अहिले बढेर ६८ हजार ४ सय ६ रुपैयाँ पुगेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS