काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट सम्बन्धी तीन वटा अद्यादेश जारी गरेकी छिन् । राष्ट्रपतिको कार्यालयले आर्थिक वर्ष २०७८/०७९ को बजेट अध्यादेशबाट जारी गरेको हो। भण्डारीले आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गरेकी हुन्।
राष्ट्रपतिले तीन वटै अध्यादेश जारी गरे सँगै अर्थमन्त्री विष्णु प्रसाद पौडेल बजेट भाषणका लागि सिहंदरवार पुगेका छन् । यस वर्ष सरकारले अध्यादेशबाट बजेट सार्वजनिक गरेको हो ।