IME Life New

यस वर्षको आर्थिक बृद्धिदर ४.०१ प्रतिशतले हुने प्रक्षेपण, कुन प्रदेशमा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । केन्द्रिय तथ्याङ्क विभागले चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक बृद्धिदर ४ दशमलब ०१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । अघिल्लो आर्थिक वर्षको बृद्धिदर २.०९ प्रतिशतले ऋणात्मक थियो । यस वर्ष पनि आर्थिक विकासका दृष्टिकोणले अपेक्षितरुपमा उत्साहजनक नदेखिएको विभागले जनाएको छ । तथापि कोभिड १९ ले विश्वव्यापी आर्थिक र सामाजिक क्रियाकलापमा पारेको नकारात्मक प्रभावलाई हेर्ने हो भने यस वर्षको आर्थिक बृद्धिदरलाई सन्तोषजनक मान्नु पर्ने विभागले उल्लेख गरेको छ ।

चालु आर्थिक वर्षको ७ देखि ९ महिनासम्मका आर्थिक क्षेत्रहरु सँग सम्बन्धित आँकडा तथा सूचनाहरु एवम् बाँकी अवधिको विश्वव्यापी महामारी कोभिड १९ को संक्रमणबाट जोगाउन गरिएको प्रयासबाट आर्थिक क्रियाकलापमा पर्न गएको नकारात्मक असरलाई समेत मध्यनजर गर्दै आर्थिक वर्ष २०७७/७८ को बस्तु तथा सेवाको उत्पादनको प्रारम्भिक अनुमान र प्राप्त संशोधित तथ्याङ्कका आधारमा विगत आर्थिक वर्ष २०७६/७७ को संशोधित अनुमान समेत तयारी गरि प्रकाशित गरिएको विभागले जनाएको छ । चालु आर्थिक वर्षका बस्तु तथा सेवाको उत्पादनको अनुमान तथा सूचकहरु तयार गर्दा हालको निषेधाज्ञाको अवधि १५ दिनसम्म रहने र त्यस पछि क्रमशः नियमित हुने विस्वासका आधारमा यो आकलन गरिएको हो । यदि अवस्था थप जटिल बन्दै जाने हो भने यस वर्षको आर्थिक बृद्धिदर पनि गएको वर्षको जस्तै ऋणात्मक हुन सक्ने छ।

Esewa
Crest

विभागका अनुसार औद्योगिक वर्गिकरण अनुसार आर्थिक क्रियाकलापहरुलाई हेर्दा गत आर्थिक वर्ष र यस आर्थिक वर्षमा बागमती प्रदेश बाहेक सबै प्रदेशहरुमा कृति क्षेत्रको योगदान हिस्सा सबैभन्दा बढी छ भने बागमती प्रदेशमा थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा बढि देखिन्छ । यो हुनुमा यस प्रदेशमा शहरीकरण, बढि जनसंख्या, राष्ट्रिय तहका ठुला व्यापारिक कारोबार आदि हुन् । त्यसैगरी राष्ट्रिय तहमा दोस्रो हिस्सा ओगटेको व्यापार क्षेत्र प्रदेश एक र प्रदेश दुई र लुम्बिनी प्रदेशमा दोस्रो हिस्सा कायम रहेको छ भने बागमती प्रदेशमा घरजग्गा सम्बन्धि व्यवसायिक कारोबारको हिस्सा दोस्रो स्थानमा रहेको छ । विभागका अनुसार बागमति प्रदेश बाहेक सबै प्रदेशहरुको कुल गार्हस्थ्य उत्पादनमा प्रशासनिक सहयोगी सेवा क्रियाकलापको योगदान सबैभन्दा न्यून देखिन्छ ।

प्रदेश एकको कुल गार्हस्थ्य उत्पादनको बृद्धिदर ३.६ प्रतिशत हुने अनुमान गरिएको छ । गत वर्ष यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको बृद्धिदर १.२ प्रतिशतले ऋणात्मक थियो । त्यस्तै प्रदेश दुईको कुल गार्हस्थ्य उत्पादनको बृद्धिदर ३.५ प्रतिशत हुने अनुमान गरिएको छ । गत वर्ष यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको बृद्धिदर १.६ प्रतिशतले ऋणात्मक थियो ।

यस वर्ष बागमति प्रदेशको कुल गार्हस्थ्य उत्पादनको बृद्धिदर ४.७ प्रतिशत हुने अनुमान गरिएको छ । गत वर्ष यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको बृद्धिदर ३.६ प्रतिशतले ऋणात्मक थियो । गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादनको बृद्धिदर ३.६ प्रतिशत हुने अनुमान गरिएको छ । गत वर्ष यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको बृद्धिदर १.७ प्रतिशतले ऋणात्मक थियो ।

लुम्बिनी प्रदेशको पनि कुल गार्हस्थ्य उत्पादनको बृद्धिदर ३.९ प्रतिशत हुने अनुमान गरिएको छ । गत वर्ष यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको बृद्धिदर १.८ प्रतिशतले ऋणात्मक थियो । यस वर्ष कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादनको बृद्धिदर ३.६ प्रतिशत हुने अनुमान गरिएको छ । गत वर्ष यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको बृद्धिदर ०.७ प्रतिशत थियो ।

र सुदुर पश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादनको बृद्धिदर ३.४ प्रतिशत हुने अनुमान गरिएको छ । गत वर्ष यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनको बृद्धिदर ०.६ प्रतिशत थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS