Connect IPS
IME Life

शिखर इन्स्योरेन्सको नाफा ३६ करोड ३३ लाख रुपैयाँ, पूँजी बढ्दा प्रतिशेयर आम्दानी १४ रुपैयाँले खुम्चियो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासिक अवधिमा खुद नाफा १०.२६ प्रतिशतले बढेको छ । कम्पनीले यहि अवधिमा ३६ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ३२ करोड ९५ लाख मुनाफा आर्जन गरेको थियो ।

शिखर इन्स्योरेन्सले कुल बीमा शुल्क आर्जन १४ प्रतिशतले बढाउन सफल भएको छ । कम्पनीले यहि अवधिमा २ अर्ब ९६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ३ अर्ब ६० करोड रुपैयाँ आर्जन गरेको थियो ।

Prabhu
Crest

खुद दाबी भुक्तानी १.९१ प्रतिशतले घटेको छ । कम्पनीले समिक्षा अवधिमा ६४ करोड २ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । गत वर्षको यहि अवधिमा ६५ करोड २६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । कम्पनीले जारी गर्ने पोलिसी संख्या यस वर्ष १० प्रतिशतले घटेको छ । कम्पनीले ९ महिनाको अवधिमा २ लाख ११ हजार पोलिसी बिक्री गरेको छ । गत वर्षको यहि अवधिमा २ लाख ३५ हजार वटा पोलिसी बिक्री गरेको थियो ।

कर्जा लगानीबाट कम्पनीले यस वर्ष १३ करोड ३५ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीको चुक्ता पूँजी ६६ प्रतिशलते बढेर एक अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । त्यस्तै जगेडा कोषमा ६१ करोड ७६ लाख रुपैयाँ जम्मा भएको छ । कम्पनीको बीमा कोष थप १७ प्रतिशतले बढेर एक अर्ब २३ करोड रुपैयाँको भएको छ । पूँजी बढे सँगै प्रतिशेयर आम्दानी भने १४ रुपैयाँले घटेर २७ रुपैयाँमा खुम्चिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS