Connect IPS
IME Life

नेपाल इन्स्योरेन्स कम्पनीको नाफा १७ करोड रुपैयाँ, प्रतिशेयर आम्दानी १९ रुपैयाँ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासिक अवधिमा १७ करोड १८ लाख रुपैयाँ नाफा गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा २६.८८ प्रतिशतले मुनाफा बढाउन सफल भएको हो ।

तेस्रो त्रैमासिक अवधिमा कम्पनीले कुल बीमा शुल्क आर्जन १२ प्रतिशतले बढाएको छ खुद बीमा शुल्क आर्जन ३५.२८ ले बढाउन सफल भएको छ । चैत मसान्तसम्ममा कम्पनीले ९६ करोड ८४ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । खुद बीमा शुल्क आर्जन भने ५८ करोड १८ लाख रुपैयाँ छ ।

Prabhu
Crest

पुनर्बीमा कमिसन बापत हुने आम्दानी ६.२१ प्रतिशतले खुम्चिएको छ । चैत मसान्तसम्ममा यस्तो आर्जन ११ करोड ५० लाख रुपैयाँ मात्रै छ । विभिन्न क्षेत्रमा गरिएको कर्जा तथा लगानी बापत ६ करोड ६२ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

खुद दाबी भुक्तानी ८० प्रतिशतले बढेको छ । कम्पनीले ९ महिनाको अवधिमा १७ करोड ६८ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । गत वर्षको यहि अवधिमा ९ करोड ९२ लाख रुपैयाँको दाबी भुक्तानी गरेको थियो ।

अभिकर्ता कमिसन ८.१७ प्रतिशतले बढेको छ । अभिकर्ता कमिसन बापत एक करोड ८३ लाख रुपैयाँ खर्च भएको छ । कम्पनीको पोलिसी संख्या पनि ४ प्रतिशतले खुम्चिएको छ । चैतसम्म जारी भएको पोलिसी संख्या एक लाख ११ हजार वटा रहेको छ ।

नाफामा सुधार सँगै प्रतिशेयर आम्दानी पनि तीन रुपैयाँले बढेको छ । प्रतिशेयर आम्दानी १९ रुपैयाँ छ ।

चुक्ता पूँजी एक अर्ब १५ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ४० करोड १७ लाख रुपैयाँ जम्मा भएको छ । बीमा कोष भने ३९ प्रतिशतले बढेर ५० करोड ७१ लाख रुपैयाँ पुर्याउन सफल भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS