Connect IPS
IME Life

जनरल इन्स्योरेन्सको नाफा दोब्बरले बृद्धि, बीमा कोषमा ८ करोड ८४ लाख

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को तेश्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले प्रकाशन गरेको उक्त वित्तीय विवरण अनुसार २०७७ चैत्र मसान्त सम्म ५२ करोड २८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ जुन गत आर्थिक वर्ष २०७६/७७ को तेश्रो त्रैमासिक अवधिको तुलनामा कम्पनीको बीमा शुल्क आर्जन २६ प्रतिशतले वृद्धि हो । यस अवधिमा कम्पनीले ६ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १०७ प्रतिशतले बृद्धि भएको हो ।

१ अर्ब रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ७ करोड ५३ लाख रुपैयाँ संचिती रहेको छ । बीमा कोषमा ८ करोड ८४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ४ करोड १० लाख रुपैयाँ रहेको थियो ।

Prabhu
Crest

कम्पनीले आफ्नो हिस्साको दावी भुक्तानी ४ करोड ६० लाख रुपैयाँ गरेता पनि कुल दावी भुक्तानी १९ करोड ९५ लाख रुपैयाँ गरेको छ । उक्त दावी भुक्तानीमा कोभिडको भुक्तानी ५३ प्रतिशत भन्दा बढी रहेको छ । कोभिड भुक्तानी अझै सम्म भइरहेको र उक्त दावी भुक्तानी छिट्टै नै सक्काउने कम्पनीले जनाएको छ । मोटर दावी भुक्तानी २६ प्रतिशत छ । बालि तथा पशुपन्छीको दावी भुक्तानी ९ प्रतिशत रहेको कम्पनीले जनाएको छ ।

यस त्रैमासकसम्म आइपुग्दा व्यवस्थापन खर्च १२ करोड ५० लाख रुपैयाँ रहेको देखाएको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको वित्तीय विवरण अनुसार ५ करोड ७० लाख रुपैयाँ आफ्नो हिस्साको तिर्न बाँकी भनेर व्यवस्था गरेको छ तर कूल भुक्तानी गर्नु पर्ने रकम भने २६ करोड रुपैयाँ रहेको जनाएको छ । उक्त बाँकी रकममा पुनर्बीमा कम्पनीको पनि हिस्सा रहने छ ।

कम्पनीको जारि बीमालेख संख्या ५१ प्रतिशतले वृद्धि भई ६१ हजार रुपैयाँ भन्दा माथि पुगेको छ साथै, नविकरण बीमालेखमा शतप्रतिशतले वृद्धि गरी ८ हजार बीमालेख नविकरण गरेको जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिको २ हजार ४ सय बीमालेख नविकरण गरिएको थियो ।

वार्षिक प्रति शेयर आम्दानी ८ रुपैयाँ ५ पैसा रहेको छ । मुल्य आम्दानी अनुपात ८७.२६ गुणा रहेको छ । प्रति शेयर नेटवर्थ एक सय १७ रुपैयाँ ०२ रहेको छ ।

समग्रमा, कम्पनीको सूचांकले कम्पनी प्रगतिको पथमा लम्केको देखिएको छ । अहिले आएर कर्मचारीहरु एकजुट भएर व्यवसाय वृद्धि गर्ने, दावी भुक्तानी समयमै गर्ने र लगनशिल र कार्य अनुभब भएका कर्मचारी हरुलाई प्रोत्साहन गरी एउटा सन्तुलित, उदारणीय कार्यस्थल कम्पनीको रुपमा स्थापित गर्ने जमर्को गरेको कुरा यस कम्पनीका कायम मुकायम प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS