IME Life New

लाभांश प्रस्वाव पारितसँगै हिमालयन जनरलले बोलायो साधारण सभा, केके छन् अन्य प्रस्ताव ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा जेठ २८ गते हुने भएको छ । उक्त सभा कम्पनीको केन्द्रिय कार्यालय थापागाउँमा बिहान ११ बजे हुने जनाएको छ । सभा भर्चुअल माध्यमबाट हुने कम्पनीले बताएको छ ।

सभामा ३ प्रतिशत बोनश शेयर र ३ दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । साथै, सभामा कम्पनीले कुनै कम्पनीलाई प्राप्ति वा एक आपसमा गाभिने प्रयोजनको लागि उपयुक्त कम्पनीको पहिचान र छनोट गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

Esewa
Crest

सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनी दर्ता पुस्तिका जेठ १३ गतेदेखि २८ गतेसम्म बन्द गर्ने जनाएको छ । त्यसैले जेठ १२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS