IME Life New

निर्जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन २३ अर्ब माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका १९ वटा निर्जीवन बीमा कम्पनीहरुले चैत मसान्तसम्ममा २३ अर्ब २ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । निर्जीवन बीमा कम्पनीहरुमध्ये सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीको तथ्याङ्क भने विवरणमा समावेश गरिएको छैन ।

बीमा समितिबाट प्राप्त तथ्याङ्क अनुसार निर्जीवन बीमा कम्पनीहरुमध्ये तेस्रो त्रैमासको अवधिसम्ममा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनी शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले चैत मसान्तसम्ममा २ अर्ब ९६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

Esewa
Crest

दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले ९ महिनाको अवधिमा १ अर्ब ८८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, तेस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले चैत मसान्तसम्ममा १ अर्ब ९५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, सिद्धार्थ इन्स्योरेन्स १ अर्ब ९५ करोड रुपैयाँ, एनलजी इन्स्योरेन्सले १ अर्ब ६९ करोड रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले १ अर्ब ३९ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब १५ करोड रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्सले १ अर्ब १४ करोड रुपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ६ करोड रुपैयाँ र लुम्बिनी जनरल इन्स्योरेन्सले १ अर्ब १ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, अजोड इन्स्योरेन्सले ९९ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले ९६ करोड रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्सले ९१ करोड रुपैयाँ, यूनाईटेड इन्स्योरेन्सले ८३ करोड रुपैयाँ, ओरियन्टल इन्स्योरेन्सले ८१ करोड रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले ८३ करोड रुपैयाँ, नेशनल इन्स्योरेन्सले ६७ करोड रुपैयाँ, जनरल इन्स्योरेन्सले ५२ करोड रुपैयाँ र सानिमा जनरल इन्स्योरेन्सले ४६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

Source :Beema Samiti

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS