Connect IPS
IME Life

अजोड इन्स्योरेन्सको साधारणसभा सम्पन्न, सर्वसाधारणको तर्फबाट पानुदत्त पौडेल र सिर्जना सुवेदी सञ्चालकमा निर्वाचित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को लेखापरिक्षण प्रतिवेदन पारित गरेको छ । साधारणसभाले स्वतन्त्र विज्ञ संचालकमा विष्णु प्रसाद नेपालको नियुक्तिलाई अनुमोदन गरेको छ । त्यस्तै सर्वसाधारण समुहबाट प्रतिनिधित्व गर्ने पानुदत्त पौडेल र सिर्जना सुवेदी निर्विरोध निर्वाचित भएका छन् ।

साधारणसभामा महिला सहित सञ्चालक समितिको संख्या ७ जना रहने विशेष प्रस्ताव पेश गरिएको थियो । यहि प्रस्ताव बमोजिम सञ्चालकहरु पनि निर्वाचन कार्यक्रम सम्पन्न भएको छ । आजदेखि कम्पनीको सञ्चालक समिति पुर्ण भएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

साधाधारणसभाबाट अध्यक्ष तथा सञ्चालक समितिको सदश्यहरुको बैठक भत्ता बढाइएको छ । अध्यक्षको प्रति बैठक भत्ता १२ हजार रुपैयाँ पुर्याइएको छ भने अन्य सदश्यहरुको भने १० हजार रुपैयाँ पुर्याइएको छ ।

कम्पनीको साधारणसभामा अधिकाम्स शेयरधनीहरुले कम्पनीको इन्साइड ट्रेडिङको विषयलाई लिएर प्रश्न गरेका थिए । साथै कम्पनीले छोटो समयमै उल्लेख्य सुधार गर्न सकेकोमा सबैले शुभकामना तथा धन्यवाद दिएका थिए ।  गत वर्षको असारमा प्राथमिक शेयर निष्काशन गरेको थियो । पछिल्लो समय नयाँ अनुमति पाएका कम्पनी मध्ये अजोडले पहिलो पटक प्राथमिक शेयर निष्काशन गरेको थियो । कम्पनीले एक अर्ब भन्दा धेरै प्रिमियम संकलन गर्न सफल भएको अध्यक्ष आजाद श्रेष्ठले जानकारी गराएका थिए ।

कम्पनीले फागुन मसान्तसम्म प्राधान कार्यालय लगायत ७ वटा प्रादेशिक कार्यालय, २२ वटा शाखा, १७ वटा उपशाखा कार्यालयहरु, १० बीमा काउण्टरहरुबाट सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीको टेक्निकल रिजर्भ थोरै भएकाले चाहे जति पैसा लगानी गर्न नपाएको प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले जानकारी दिए ।

हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना फाईरस तथा सोको कारण भएको बन्दाबन्दीले समग्र अर्थतन्त्रमा परेको नकरात्मक प्रभावका बावजुद कम्पनीले आर्थिक वर्ष २०७६/०७७ मा ८८ करोड ४३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरि ४ करोड ५६ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।  कम्पनीले पुनर्बीमालाई विशेष जोड दिएको प्रमुख कार्यकारी अधिकृत खत्रीले जानकारी दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS