Connect IPS
IME Life

पुनर्बीमाको ट्रिटीमा चरम लापरबाहीले जनरल इन्स्योरेन्स दुई करोड २६ लाख रुपैयाँ नोक्सानमा, बीमा समितिको नियमन खै !

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले पुर्ण रुपमा पुनर्बीमाको ट्रिटी नै नहेरी खिलुङ कालिका एग्रो फार्मको दाबी भुक्तानी गरेको छ । कम्पनीले असार १० गते खिलुङ कालिका एग्रोको ‘कुखुरा बीमा’ गरेको थियो ।  उच्च व्यवस्थापनले पुनर्बीमाको ट्रिटीमा लापरबाही गर्दा कम्पनीले दुई करोड २६ लाख रुपैयाँको नोक्सानी बेहोर्नु परेको छ ।

उक्त बीमामा प्रयोग भएका कागजपत्र फर्जी भएको तथा व्याकडेटेड देखिएको भन्दै नेपाल पुनर्बीमाले दाबी भुक्तानी गर्न मानेको छैन । बीमितले आफ्नो दायित्व पुरा नगरेका कारणले उक्त क्षति भएको तथा दाबी प्रक्रियामा धेरै नै त्रृटि भएको भन्दै नेपाल पुनर्बीमा कम्पनीले २०७७ साउन २२ गते कम्पनीलाई पत्र लेखेर दाबीका विषयमा थप स्पष्टता आवश्यक देखिएको भन्दै पुनर्बीमा बापतको दाबी भुक्तानी गर्न मानेको छैन ।

Prabhu
Crest

तर कम्पनीले भने पुनर्बीमाबाट पैसा नआउदै एग्रोलाई दाबी भुक्तानी गरिसकेको छ । ५० लाख रुपैयाँ भन्दा माथिको दाबीका लागि नेपाल पुनर्बीमा कम्पनीबाट स्वीकृति लिएर मात्रै दाबी भुक्तानी गर्नु पर्ने हुन्छ । तर कम्पनीको उच्च व्यवस्थापनले ट्रिटीका मापदण्डलाई ख्याल नगरि दाबी भुक्तानी भएको भन्दै सञ्चालक समितिले स्पष्टिकरण मागेको थियो ।

कम्पनीको दाबी भुक्तानी तथा पुनर्बीमा समितिको कात्तिक १९ गते बसेको बैठकले उच्च व्यवस्थापकहरु नायव महाप्रवन्धक राजेश मानन्धर, उपमहाप्रवन्धक विनेश मास्के, मुख्य प्रवन्धक कृष्ण दवाडी, नायव प्रवन्धक सुमि मल्ल, बजार प्रतिनिधि कृष्ण कोइरालाबाट ‘पशु पन्छी बीमा नियमावली’को आधारमा दाबी दिनु पूर्व लिखित रुपमा कुनै पनि आवस्यक कारबाही गरेको भन्दै टिप्पणी गरेको छ । उक्त बैठकले पुशपन्छी बीमा नियमावलीको आधारमा समयमा नै उचित कारबाही गरेको भए दाबी रोक्न सकिने भन्दै खुलाएको छ ।

नेपाल पुनर्बीमा कम्पनीबाट प्राप्त पत्रमा सन्तोषजनक जवाफ नआएको अवस्थालाई हेरेर मूल्यांकलन गर्न नसकेको उपसिमितिले आरोप लगाएको छ । दाबी विभाग प्रमुख वरिष्ठ प्रवन्धक प्रदिप कुमार यादवले नै पुनर्बीमाको ट्रिटीका विषयमा आफु अनविज्ञ भएको भन्दै उपसमितिलाई जवाफ दिएका थिए ।

कम्पनीका तत्कालिन महाप्रवन्धक एसके टमोटले पुनर्बीमाको ट्रिटीको सम्बन्धमा आफु अनविज्ञ भएको भन्दै सञ्चालक समितिलाई जवाफ दिएका थिए । कम्पनीको प्रमुख व्यक्तिले नै यस्तो गैर जिम्मेवार पुर्ण अभिव्यक्ति दिए पछि कम्पनीले दुई करोड २६ लाख रुपैयाँको क्षति बेहोर्नु परेको हो । यहि कारणले गर्दा कम्पनीले टमोटलाई बाँकी कार्यकालका लागि थप गरेको थिएन ।

दाबी विभागले कुखुरा मर्दा मर्दै बीमालेख जारी गरेको तथा सो सम्बन्धमा बीमा प्रस्ताव फारममा उल्लेख नभएको, त्यसको लगभग एक दिन पछि नै भटाभट रोग लागि कुखुराहरु मर्दै गएको कुरालाई सामान्य रुपमा लिइ दाबी दिनु पूर्व यस सम्बन्धमा कुनै काम कारबाही नगरेको उपसिमितिको बैठको निष्कर्ष छ ।

नियम अनुसार बीमित पन्छि मरेको दुई दिन भित्रै कम्पनीलाई जानकारी गराउनु पर्ने हुन्छ । तर बीमा लेख जारी भएको भोलिपल्टदेखिनै कुखुरा मर्न थालिसकेको थियो । बीमितले भने साउन १२ गते मात्रै लिखित जानकारी दिएको र उक्त पत्र साउन २२ गते मात्रै बीमा कम्पनीमा दर्ता भएको उपसमितिले उल्लेख गरेको छ ।

कम्पनीको दाबी भुक्तानीका विषयमा आवस्यक थप अध्ययन गर्नु पर्ने देखिएकोले दाबी भुक्तानी रोकिएको नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर कुमार रायमाझीले जानकारी दिए । उनले भने ‘यसमा केहि अप्ठ्यारो अवस्था भेटिएकोले दाबी भुक्तानीका लागि जति पनि समय लाग्न सक्छ ।’

नेपाल पुनर्बीमा कम्पनीका अनुसार बीमा कम्पनीले दाबी भुक्तानीका लागि २०७६ साउन २४ गते सर्भेयरलाई निर्देशन दिए पनि सर्भेयर भने फिल्डमा भदौ ५ मात्रै पुगेको पाइएको छ । अर्को तर्फ भेटनरी डा. अनन्त दाहालले २०७६ भदौ ८ गते मृत पन्छिको प्रमाणीकरण गरेको देखिन्छ । जवकी भीरकोट नगरपालिकाद्धारा जारी मृत्यु प्रमाणीकरण डाक्टरको भन्दा पनि अगाडि २०७६ साउन १४ गते नै भएको पाइन्छ ।

नेपाल सरकारले भिजिट नेपाल २०२० को लोगो २०७६ मंसिर ५ गतेदेखि लागु गरेको थियो । तर भिरकोट नगपालिकाले २०७६ साउन १४ गतेको प्रमाणीकरण गरेको लेटरप्याडमै उक्त लोगो भेटाए पछि कागजपत्रमा समेत किर्ते भएको संका गरिएको छ । नेपाल पुनर्बीमाले कुखुरालाई प्रयोग भएको खोपका विषयमा पनि प्रश्न गरेको छ ।

कम्पनीले नेपाल पुनर्बीमा कम्पनी सँग निरन्तर छलफल गरिरहेको र ट्रिटीका विषयमा देखिएका केहि कुराहरु मिल्न बाँकी रहेको कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठले जानकारी दिए । पुनर्बीमाको ट्रिटी अनुसार कम्पनीले बीमितलाईल अग्रिम भुक्तानी गरेता पनि आवस्यक कागजपत्र पुरा गरेर पुनर्बीमा कम्पनीबाट भुक्तानी पाउने श्रेष्ठले जानकारी दिए ।

एग्रोले बुझाएका कागजपत्र तथा अण्डराइटिङमा वेवास्था गर्दा कम्पनी समस्यामा परेको हो । पोलिसी पाउने वित्तीकै त्यसको अण्डराइटिङ नगर्ने गलत प्रबृत्ती हावी छ । अर्को तर्फ कम्पनीको उच्च व्यवस्थापनले पुनर्बीमाको ट्रीटीका सम्बन्धमा अनविज्ञता रहेको जानकारी दिनु नै गैरजिम्मेवारीपनाको पराकाष्ठा हो भने । बीमितको गलत मनोबृत्तीका कारण पनि बीमा कम्पनीहरुले दाबी भुक्तानी गर्नु पर्ने अवस्था रहन्छ । बीमा जोखिम बहनका लागि हो नकी मुनाफा आर्जन गर्का लागि । यो सिद्धान्तलाई बीमा कम्पनी, बीमित र नेपाल पुनर्बीमा कम्पनीले ध्यान दिनु पर्छ । अर्को तर्फ यो घटना सुरु भएको डेढ वर्ष भन्दा लामो समय भइकेको छ तर बीमा समितिले कुनै पनि काम कारबाही तथा निर्देशन दिन सकेको छैन । समितिले बीमा कम्पनीलाई पनि कारबाही गर्न सकेको छैन अर्को तर्फ पुनर्बीमा कम्पनीलाई पनि निर्देशन दिन सकेको छैन । समितिले यस्ता विषयलाई पनि नियमन गर्नु पर्ने हुन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS