IME Life New

भारतमा बीमा पोलिसी तथा कागजपत्रलाई डिजिटल लकर मार्फत सुरक्षित गरिदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको बीमा क्षेत्रको नियामक निकाय इन्स्योरेन्स रेगुलेटरी एण्ड डेभलपमेन्ट अथोरिटी अफ इन्डिया (आईआरडीएआइ) ले बीमीतहरुको सम्पूर्ण बीमालेखहरु तथा उनिहरुको कागजात मोबाइल मार्फत सुरक्षित ढंगले राख्ने व्यवस्थाका लागि डिजीटल लकरको व्यवस्था गर्न लागेको छ ।

भारतीय सरकारले जारी गरेको डिजिलकरको एप मार्फत बीमा पोलिसी तथा पोलिसी सँग सम्बन्धित कागजपत्र यस एपमा राख्ने व्यवस्था मिलाउन लागिएको हो । भारतको बीमा क्षेत्रको नियामक संस्थाले यस एप मार्फत बीमितले पनि आफ्नो सम्पुर्ण भौतिक कागजपत्र सुरक्षित गर्न सक्ने व्यवस्था मिलाउन लागिएको जनाएको छ ।

Esewa
Crest

भारतीय सरकारले जारी गरेको यस एपमा भारतीय नागरिकहरुले आफ्नो व्यक्तिगत कागजपत्र सुरक्षित रुपमा स्टोर गर्न सक्ने छन् । उनिहरुले राष्ट्रिय परिचयपत्र, सवारी अनुमतिपत्र, स्कुल तथा कलेजको प्रमाणपत्र, प्यान नम्बर लगायतका आफ्ना व्यक्तिगत विवरण सुरक्षित गर्न सक्ने छन् ।

यसै क्रममा बीमितले आफ्नो बीमा पोलिसीलाई पनि यसमा सुरक्षित गर्ने व्यवस्था मिलाउन लागेको हो । भारतले कागजपत्रको भौतिक उपयोगलाई न्युनिकरण गर्नुका साथै प्रविधिमैत्री बनाउन खोजिरहेको छ । डिजिटल लकरको प्रयोग पछि नागरिकहरु भौतिक रुपमा कागपत्र बोकेर हिड्नु पर्ने झण्झटबाट मुक्त हुने उनिहरुले जनाएका छन् । आईआरडिएआइले निर्देशिका नै जारी गरेर बीमितले यस्तो सेवा लिन पाउने व्यवस्था मिलाएको हो ।

डिजिटल स्वरुपमा डिजी लकरमार्फत पेश गरिने यस्ता कागजातहरुलाई प्रमाणीकरणका लागि आईडी प्रुफको रुपमा ग्रहण गरिनेछ। बीमा क्षेत्रमा डिजीलकरलाई अपनाउनका लागि आईआरडीएआइले सबै बीमकहरुलाई आफ्नो आईटी प्रणालीमा यो व्यवस्थालाई समावेश गर्न सुझाव दिएको छ।

बीमकहरुले आफ्ना पोलिसीहोल्डरहरुलाई डिजी लकरका बारेमा जानकारी दिनुपर्ने र यसलाई कसरी प्रयोग गर्ने भन्ने बारेमा समेत जानकारी दिन बीमा कम्पनीहरुलाई आईआरडीएआइले निर्देशन दिएको छ।

डिजी लकरले कागजताहरुलाई विद्युतीय स्वरुपमा स्टोर गर्नुका साथै खर्च घटाउने र पोलिसीकोसँग सम्बन्धित कागजातहरु पाइएन भनेर ग्राहकले गर्ने गुनासाहरु लाई समेत सम्बोधन गर्ने नियामकले विश्वास लिएको छ । यसका साथै कागजी झन्झटबाट मुक्त हुने र प्रविधिमैत्री रुपमा बीमा कम्पनीहरु अघि बढ्ने विश्वास भारतीय बीमा कम्पनीहरुले लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS