IME Life New

सांग्रिला डेभलपमेन्ट बैंकले ९.३० प्रतिशत लाभांश दिने घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सांग्रिला डेभलपमेन्ट बैंकले ९.३० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले ४ प्रतिशत बोनस सेयर र ५.३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । सांग्रिलाले बोनसमा १० करोड २ लाख ५५ हजार ४०० रुपैयाँ र नगद लाभांशमा १३ करोड ७८ लाख ५१ हजार १७५ रुपैयाँ खर्च गर्नेछ ।


सञ्चालक समितिको निर्णय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र कार्यान्वयन हुनेछ । हाल सांग्रिलाको चुक्ता पुँजी २ अर्ब ५० करोड ६३ लाख ८५ हजार रुपैयाँ छ ।प्रस्तावित बोनस सेयर वितरणपछि बैकको चुक्ता पुँजी २ अर्ब ६० करोड ६६ लाख ४० हजार ४०० रुपैयाँ पुग्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS