IME Life New

ग्लोबल आईएमई बैंकले १६ प्रतिशत बोनस सेयर प्रस्तावलाई पारित गर्दै, आगामी पुस २७ गते वार्षिक साधारणसभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

ग्लोबल आईएमई बैंक लिमिटेडले आगामी पुस २७ गते आफ्नो वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १६ प्रतिशत बोनस सेयर दिने प्रस्तावलाई पारित गर्ने छ ।बैंक सञ्चालक समितिको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले बोनस पाउनेछन् ।

कम्पनीले  जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्न बोनस सेयर वितरण गर्न लागेको हो । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । १६ प्रतिशत बोनस पश्चात बैंकको चुक्ता पुँजी १० अर्ब नाघ्ने छ ।साथै, बैंकले कम्पनी अधिकृत पुँजी १० अर्ब रुपैयाँलाई वृद्धि गरी १६ अर्ब रुपैयाँ कायम गर्ने विशेष प्रस्ताव राखेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS