IME Life New

एनसेलको मुनाफामा कोभिड प्रभावः २०२० मै ७७.९ प्रतिशतले घट्यो नाफा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। एनसेलको मुनाफामा कोभिड १९ को प्रभाव देखिएको छ। एनसेलको माउ कम्पनी एक्जिएटाका अनुसार सन् २०२० मा एनसेलको मुनाफामा ७७.९ प्रतिशतले गिरावट आएको हो। कोभिड १९ का कारण एनसेलको आम्दानीमा भारि गिरावट हुँदा मुनाफामा प्रभावित भएको एक्जिएटाले जनाएको छ।

सन् २०१९ मा एनसेलले १३ अर्ब ८४ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो। सन् २०२० मा १० अर्ब ७८ करोड रुपैयाँले गिरावट भएर तीन अर्ब ५ करोड रुपैयाँमा सिमित भएको छ। त्यस्तै सन् २०१९ मा एनसेलले विभिन्न सेवा प्रवाह गरेर ५४ अर्ब १६ करोड रुपैयाँ आम्दानी गरेकोमा सन् २०२० मा जम्मा ४१ अर्ब ९२ करोड रुपैयाँ आर्जन गरेको छ। एक वर्षको अवधिमा एनसेलको आम्दानी १२ अर्ब २३ करोड रुपैयाँले खुम्चिएको छ।

Esewa
Crest

यसै अवधिका एनसेलको प्रयोगकर्ताको संख्या पनि घटेको छ। सन् २०१९ मा प्रिपेड सेवा ग्राहिको संख्या एक करोड ६६ लाख रहेकोमा सन् २०२० मा एक करोड ५३ लाखमा खुम्चिएको छ। त्यस्तै पोष्टपेड सेवा लिनेको संख्या भने केहिले सुधार भएको छ। सन् २०२० मा यस्तो संख्या २ लाख १३ हजारबाट तीन लाख ९० हजार जना पुगेका छन्।

एनसेलका ‘फोर जि’ सेवा ग्राहीको संख्या भने बढेको छ। सन् २०१९ मा ‘फोर जि’ सेवा लिनेको संख्या २९ लाख ६३ हजार जना रहेकोमा सन् २०२० मा ३४ लाख ६ हजार जना पुगेका छन्। सन् २०२० मा ‘थ्रि जि’ सेवा लिनेको संख्या भने ३२ लाख ८३ हजार जना रहेका छन्।

एक्जिएटा समुह भित्रका कम्पनीहरु मध्ये सबैभन्दा कमजोर प्रस्तुती नेपालको एनसेलको देखिएको छ। एक्जिएटा समुह भित्रका एनसेल, इडोट्को र अन्यको मुनाफामा गिरावट देखिएको छ भने बाँकी कम्पनीको मुनाफामा सुधार देखिएको छ। एक्जिएटाको समग्र मुनाफामा भने ९.८ प्रतिशतले गिरावट देखिएको छ। एनसेल र इडोट्कोको कमजोर प्रस्तुतीले समुहको मुनाफामा नकारात्मक असर देखिएको एक्जिएटाले जनाएको छ।

एनसेलको मुनाफामा अर्को प्रभाव गएको वर्ष एससेलले नेपाल सरकारलाई भुक्तानी गर्नु परेको पुँजीगत लाभकरका कारणले पनि हो। एनसेलले नेपाल सरकारले २३ अर्ब भन्दा धेरै पुँजीगत लाभकर भुक्तानी गर्नु परेको थियो। यसले गर्दा एनसेलको ठुलो एसेट बाहिरिएको एक्जिएटाले जनाएको छ। यस मध्ये एनसेलले नेपाली बैंकहरु सँग १९ अर्ब ९३ करोड रुपैयाँ ऋण लिएको एक्जिएटाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS