Connect IPS
IME Life

सानिमा जनरल इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन २२% ले बढ्दा अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा कम्पनीको अधिकांश सूचकमा उत्साहजनक प्रगति देखिएको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ८ करोड ५५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको खुद बीमा शुल्क ६ करोड ९९ लाख रुपैयाँ आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २२ दशमलव १९ प्रतिशतले बढी हो ।

Prabhu
Crest

१ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ६ करोड ३१ लाख रुपैयाँ, बीमा कोषमा ७ करोड १४ लाख रुपैयाँ र महाविपत्ती कोषमा ७२ लाख रुपैयाँ सञ्चित रहेको छ ।

समिक्षा अवधिमा कम्पनीले २ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ६२ दशमलव २८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिसम्ममा कम्पनीले २ करोड १७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ३७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलानामा कम्पनीको खुद दाबी भुक्तानी ५८ प्रतिशतले बढी हो ।

कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ९४ पैसा रहेको छ भने प्रतिशेयर नेटवथ ११४ रुपैयाँ १८ पैसा रहेको छ ।

 

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS