IME Life New

व्यवसाय बढ्दा पनि २६ बाणिज्य बैंकको नाफा ६७ करोड ७७ लाख रुपैयाँले घट्यो, कुन बैंकको कति नाफा?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं दोस्रो बजारमा सूचिकृत २६ बाणिज्य बैंकहरुको नाफामा २ दशमलब २६ प्रतिशतले गिरावट आएको छ। कोभिड १९ का कारण खराव कर्जा बढ्दा बैंकहरुको मुनाफामा गिरावट आएको हो। कर्जा तथा निक्षेपमा सुधार देखिए पनि खराव कर्जा बढ्दा मुनाफामा भारि गिरावट देखिएको हो। चालु आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा २६ बाणिज्य बैंकहरुले २९ अर्ब ३२ करोड रुपैयाँ नाफा आर्जन गरेका छन्। गत वर्षको यहि अवधिमा बैंकहरुको मुनाफा ३० अर्ब रुपैयाँ थियो।

नेपाल राष्ट्र बैंकले कोभिड प्रभावित भाका नाघेका ऋणीलाई सहुलिय दिने क्रममा बैंकहरुलाई प्रोभिजनिङमा छुट दिएको थियो। कोभिड प्रभावित ऋणीहरुले समयमा सावा तथा व्याज भुक्तानी गर्न सकिरहेका छैनन्। यसले बैंकहरुको खराव कर्जा बढिरहेको छ। खराव कर्जालाई प्रोभिजनिङ गर्नु पर्दा बैंकहरुको मुनाफामा भारि गिरावट आएको छ। निक्षेप तथा कर्जा लगानीमा आक्रामक देखिएका बैंकहरुको खुद व्याजद आम्दानिमा भने खासै सुधार छैन।

Esewa
Crest

जनता बैंकलाई प्राप्ती गरेको ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै नाफा आर्जन गरेको छ। पुँजीका हिसावले सबैभन्दा ठुलो ग्लोबल आइएमई यस त्रैमाशिक अवधिमा नाफामा पनि एक नम्बरमा आएको छ। बैंकले ६ महिनाको अवधिमा २ अर्ब ३१ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ। दोस्रो नम्बरमा एनआईसी एशिया रहेको छ। बैंकले २.२० प्रतिशतले नाफा बढाएर २ अर्ब ६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।

तेस्रो नम्बरमा नविल बैंक रहेको छ। गत वर्षको यहि अवधिमा सबैभन्दा धेरै नाफा आर्जन गरेमा नविल थियो। नबिल बैंकले ६ महिनाको अवधिमा २ अर्ब एक करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ। गत वर्षको यहि अवधिमा बैंकले दुई अर्ब ४ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।

सबैभन्दा कम नाफा गर्नेको सूचिमा सिभिल बैक नै रहेको छ। बैंकको नाफा ३५ प्रतिशतले घटेर २० करोड रुपैयाँमा झरेको छ। सबैभन्दा धेरै नाफा घट्नेमा हिमालयन बैंक रहेको छ। बैंकको नाफा ६२.५१ प्रतिशतले घटेको छ। यस वर्ष मर्जरको प्रभाव परेका बाहेक सबैको नाफामा गिरावट आएको हो। मर्जर गरेर अन्य बैंकको नाफा गाभिदा मुनाफा बढेको देखिए पनि उनिहरुको ग्रोथ भने हुन सकेको छैन। केहि बैंकमा मर्जरले सिनर्जी प्रदान गरेको छ।

बैंकहरुले तरलता अधिक बढ्न थाले पछि व्याज खर्च घटाउन निक्षेपको व्याजदर धेरै नै घटाइरहेका छन्। तर निक्षेपको सुधार अनुसार कर्जाको विस्तार हुन नसक्दा बैंकहरुमा अधिक तरलता देखिएको हो। तरलता अधिक देखिनुमा राष्ट्र बैंकले कोभिड प्रभावितलाई राहात प्याकेज ल्याउने क्रममा बैंकहरुको सिसिडी अनुपात केहि बढाइदिएको छ। यसबाट बैंकहरुलाई थप कर्जा लगानीको ढोका खुलेको छ। तर बजारमा खासै ठुला ठुला कर्जाको माग आउन सकेको छैन।

कुन बैंकको नाफा कतिले घट्यो?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS