IME Life

कोरोना बीमा शुल्क बापत सरकारले तिर्यो ४१ करोड

SPIL
NIC ASIA

काठमाडौं । सरकारले कोरोना बीमा बापतको ४१ करोड रुपैयाँ बीमा कम्पनीहरुलाई बुझाएको छ । सरकारले ४१ करोड रुपैयाँ केही दिन पहिले कोरोना बीमा पुलमा पठाएको स्रोतले जनाएको छ ।

कोरोना बीमा पुलमा दावी भुक्तानीको लागि रकम अभाव भएपछि बीमा समिति र बीमक संघको पहलमा सरकारले गत कार्तिक मसान्त सम्मको कोरोना बीमा बापतको ४१ करोड रुपैयाँ पठाएको जनाइएको छ ।

Prabhu
Crest

सरकारले आर्थिक वर्ष २०७७।७८ को बजेटमै कोरोना बीमालाई समावेश गरी सर्वसाधारणको कोरोना बीमा शुल्कमा ५० प्रतिशत र सबै निजामति कर्मचारीलाई शतप्रतिशत शुल्क सरकारले अनुदानबापत व्यहार्ने घोषणा गरेको थियो । सो अनुसार बीमा कम्पनीहरुले सरकारी कर्मचारीहरुको निःशुल्क कोरोना बीमा गराएका थिए । कोरोना बीमा गरेका हजारौं सरकारी कर्मचारीहरुले बीमा बापतको रकम माग गर्दै बीमा कम्पनीमा फाइल बुझाएपनि कम्पनीहरुले बीमा शुल्क नपाएका कारण कोरोना बीमा पुलमा रकम अभाव भएको थियो ।

सरकारले रकम दिएपछि कोरोना बीमा पुलमा चर्को आर्थिक अभावमा केही सहज भएको एक बीमा कम्पनीका सिईओले जानकारी दिए । कोरोना बीमाको लागि झण्डै छ अर्ब रुपैयाँ बीमा पुलले जोहो गर्नुपर्ने भएको छ । हजारौं कोरोना संक्रमितहरुलाई दावी भुक्तानीको लागि सबै कागजी प्रक्रिया पूरा भएको भएपनि रकम अभावले समस्या पारिरहेको छ ।

कोरोना बीमा पुलमा यसअघि नेपाल पुनर्बीमा कम्पनीले ३० करोड रुपैयाँ रकम पठाइसकेको छ । पुनर्बीमा कम्पनीले अझै ७० करोड पठाउन बाँकी छ । अब बीमा समितिले एक अर्ब रुपैयाँ, बीमा कम्पनीहरुले महाविपत्ति कोषबाट दिने ५० करोड रुपैयाँ बाँकी छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS