IME Life New
GBIME

बढ्यो इन्धनको भाउ, पेट्रोल र डिजेल अब प्रतिलिटर कति ?

SPIL
Global College
Nepal Life

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ।

निगमले शनिबार बिहान ००ः०१ बजेबाट लागू हुने गरी प्रतिलिटर पेट्रोलमा २ तथार डिजेल र मट्टितेलमा ४ रुपैयाँले मूल्य बढाएको हो। नयाँ मूल्यअनुसार अब पेट्रोलको भाउ प्रतिलिटर काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६७ रुपैयाँ पर्छ। सुर्खेत र दाङ क्षेत्रमा १६६ रुपैयाँ र चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा १६४.५० रुपैयाँ पर्नेछ।

Crest

यस्तै डिजेल र मट्टीतेलको मूल्य काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा प्रतिलिटरको १६० रुपैयाँ पर्नेछ। सुर्खेत र दाङ क्षेत्रमा १५९ रुपैयाँ र चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा क्षेत्रमा १५७.५० रुपैयाँ पर्नेछ।

निगमका अनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि ४३ अमेरिकी डलरका दरले मूल्यवृद्धि भएको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS