IME Life New
GBIME

विश्वमा आउँदैछ महाविनाश ? वर्ष २०२५ का लागि ‘डुम्सडे क्लक’मा प्रलय मात्र ८९ सेकेन्ड टाढा

SPIL
Global College
NLIC

काठमाडौं । संसार अहिले विनाशको १ सेकेन्ड नजिक छ। वैज्ञानिकहरुका अनुसार सन् २०२५ को डुम्सडे क्लक अहिले ८९ सेकेन्ड पुगेको छ, जुन गत वर्षको तुलनामा १ सेकेन्डले बढेको छ।

यो घडी इतिहासमा मध्यरातको सबैभन्दा नजिक आइपुगेको छ। जसले हामी विश्वव्यापी महाविनाशको नजिक आइपुगेको संकेत गर्छ। मध्यरात अर्थात् १२ बजेलाई प्रतीकात्मक रुपमा प्रलयको समय मानिन्छ।

Crest

प्रत्येक वर्ष जनवरीमा बुलेटिन अफ द एटोमिक साइन्टिस्ट्स (बीएएस) ले डुम्सडे क्लकका लागि नयाँ समय सेट गर्दछ। यो एक प्रतीकात्मक घडी हो। जसले मानवतालाई देखाउँदछ कि यो मानव निर्मित प्रकोपबाट कति नजिक छ वा टाढा छ।

गत वर्ष यो घडी मध्यरातबाट ९० सेकेन्ड टाढा थियो, जुन इतिहासको सबैभन्दा खतरनाक समय हो। यो वर्ष स्थिति थप गम्भीर बन्न सक्छ। यस वर्ष बीएएसले घडीलाई ८९ सेकेन्डमा राखेको छ।

डुम्सडे क्लक के हो ?

डुम्सडे क्लक आणविक युद्ध, जलवायु परिवर्तन, एआई र जैविक हतियारजस्ता मानव निर्मित प्रकोपहरुको खतरा मापन गर्न एक प्रतीकात्मक मापन हो। यो पहिलोपटक सन् १९४७ मा समूहको मासिक पत्रिकाको आवरणका रुपमा बीएएसद्वारा सिर्जना गरिएको थियो। तर, पछिदेखि यो मानवताको जोखिमको प्रमुख मापन भएको छ।

उक्त संस्थाले हरेक वर्ष जनवरीमा यो घडीको समय अपडेट गर्छ। यदि घडी अगाडि बढ्यो भने यसले विश्वको अवस्था बिग्रिएको देखाउँछ र यदि यो पछाडि जान्छ भने यसको अर्थ खतराहरु कम भएको छ।

वैज्ञानिकहरुको चेतावनी

सिकागो विश्वविद्यालयका बोर्ड सदस्य र भौतिकशास्त्री डेनियल होल्जले भने, ‘हामीले यो घडीलाई मध्यरातको नजिक सेट गरेका छौँ। किनभने हामीले सामना गरिरहेका विश्वव्यापी चुनौतीमा पर्याप्त सकारात्मक प्रगति देख्न सकेका छैनौँ।’

डोल्जले मध्यरातभन्दा ८९ सेकेन्ड अगाडि डुम्सडे क्लक राख्नु विश्वका सबै नेताका लागि चेतावनी भएको बताए।

डुम्सडे क्लक किन अगाडि बढ्यो ?

यस वर्ष घडीको समय ८९ सेकेन्डले बढाउनुका मुख्य कारण यस प्रकार छन्

रुस–युक्रेन युद्धः सन् २०२२ देखि जारी रहने यो युद्ध दोस्रो विश्वयुद्धपछिको युरोपमा सबैभन्दा गम्भीर द्वन्द्व हो। हालै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक आक्रमणको अवस्थालाई लिएर आफ्नो नीति परिवर्तन गरेकाले विश्वव्यापी चिन्ता बढेको छ।

मध्यपूर्वमा जारी द्वन्द्वः इजरायल–गाजा युद्ध र इरानलगायत अन्य देशको संलग्नताले यस क्षेत्रलाई थप अस्थिर बनाएको छ। यो तनाव जुनसुकै बेला ठूलो युद्धमा परिणत हुन सक्ने विज्ञहरुको विश्वास छ।

आणविक हतियारको खतराः उत्तर कोरियाले लगातार नयाँ मिसाइल परीक्षण गरिरहेको छ भने चीन र ताइवानबीच तनाव बढ्दै गएको छ। आणविक शक्ति सम्पन्न देशहरुबीचको यो तनाव विश्वका लागि ठूलो खतरा हो।

जलवायु परिवर्तनः सन् २०२३ अहिलेसम्मकै सबैभन्दा तातो वर्षका रुपमा रेकर्ड गरिएको छ। विगत १० वर्षयता लगातार तापक्रम बढ्दै गएकाले प्राकृतिक प्रकोपको संख्या पनि बढिरहेको छ। जलवायु परिवर्तनका लागि पर्याप्त कदम चाल्न नसकेको वैज्ञानिकहरु बताउँछन्।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो खतराः पछिल्लो १ वर्षमा एआईमा उल्लेखनीय प्रगति भएको छ। विज्ञहरु डराउँछन् कि एआईको सैन्य प्रयोग र आणविक हतियारहरुमा यसको हस्तक्षेपले भविष्यमा गम्भीर समस्याहरु सिर्जना गर्न सक्छ। यसबाहेक एआईसँग सम्बन्धित डिजिटल गलत सूचना (फेक न्यूज) र साइबर युद्धको खतरा पनि बढिरहेको छ।

डुम्सडे क्लकले साँच्चै खतराको संकेत गर्छ ?

यो घडी वास्तविक घडी होइन तर वैज्ञानिकहरु र विज्ञहरुद्वारा गरिएको प्रतीकात्मक इशारा हो। जसले हामीलाई मानव निर्मित प्रकोपको कत्ति नजिक छौँ भनेर बताउँछ। यो हरेक वर्ष आणविक वैज्ञानिकहरुको बुलेटिनको विज्ञान र सुरक्षा समितिले निर्णय गर्छ। जसमा १३ नोबेल पुरस्कार विजेता पनि समावेश छन्।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS