IME Life New
GBIME

हप्तामा ४ दिनमात्र काम, ३ दिन आराम, बेलायतका २०० कम्पनीले अकस्मात लिए यस्तो निर्णय

SPIL
Global College
NLIC

काठमाडौं । विश्वमा हप्तामा ७० देखि ९० घन्टा काम गर्ने बहस चलिरहेको छ। अर्कोतर्फ बेलायतका २०० कम्पनीले आफ्ना २०० कर्मचारीलाई हप्तामा ३ दिन बिदा दिने र यसका लागि काममा कुनै कटौती नगर्ने घोषणा गरेका छन्।

द गार्डियनको एउटा रिपोर्टका अनुसार ती २०० कम्पनीमा कुल ५ हजारभन्दा बढी मानिस काम गर्छन्। यी अधिकांश कम्पनी परोपकारी, मार्केटिङ र टेक्नोलोजी फर्म छन्।

Crest

तीन कम्पनीहरु ४ दिन काम गर्ने ढाँचालाई समर्थन गर्दै ५ दिन काम गर्ने ढाँचा पुरानो समयका लागि राम्रो रहेको मान्छन्। त्यतिबेला कर्मचारीले न त्यति तनाव झेल्नुपरेको थियो न त कार्यस्थल पुग्न लामो दूरीको यात्रा गर्नुपरेको थियो।

अब हप्तामा ४ दिन मात्रै काम गर्दा कर्मचारीले ठूलो आराम पाउनेछन् र काममा पनि सन्तुष्ट देखिनेछन्। उनीहरुको पारिवारिक जीवन र मानसिक स्वास्थ्य राम्रो रहनेछ। उनीहरुले थप उत्साहका साथ काम गर्नेछन्। जसका कारण कम्पनीको उत्पादकत्वमा पनि ठूलो सुधार देख्न सकिन्छ।

रिपोर्टका अनुसार द फाउन्डेसनका अभियान निर्देशक जो राइलले ४ दिनसम्म काम गर्दा मानिसलाई ५० प्रतिशतभन्दा बढी खाली समय दिने बताएका छन्। यसबाहेक उनीहरुले पारिवारिक समय पनि पाउनेछन्। तलब कटौती नगरी हप्ताको चार दिन अफिसको काम गर्दा कर्मचारी र कम्पनी दुवैलाई फाइदा हुन्छ।

मार्केटिङ, मिडिया र विज्ञापन कम्पनीहरुले ४ दिन हप्ताको संस्कृति अपनाइरहेका छन्। जसमध्ये ३० कम्पनीहरुले यो नीति अपनाएका छन्। यसपछि व्यवस्थापन क्षेत्रमा २९ परोपकारी संस्था, २४ टेक कम्पनी र २२ कम्पनी रहेका छन्। यो संस्कृतिले कर्मचारीको उत्पादकत्वमा सुधार ल्याउनुका साथै कर्मचारीलाई थप काम गर्न उत्प्रेरित गर्ने ४ दिन कार्य हप्ताको समर्थकहरुको भनाइ छ।

द गार्डियनको रिपोर्टका अनुसार स्पार्क मार्केट रिसर्चले गरेको अनुसन्धानले देखाउँछ कि बेलायतमा १८ देखि ३४ वर्ष उमेरका करिब ७८ प्रतिशत मानिसले आगामी ५ वर्षमा ४ दिनको काम हप्ता सामान्य हुने विश्वास गर्छन्। यद्यपि, अमेजन र जीपीमोर्गानजस्ता कम्पनीहरुले आफ्ना कर्मचारीलाई हप्ताको ५ दिन काम गर्न आग्रह गरेका छन्।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS