IME Life New
GBIME

दोस्रो त्रैमाससम्ममा इन्फिनिटी लघुवित्तको यस्तो छ वित्तीय प्रदर्शन

SPIL
Global College
NLIC

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्त ९ करोड ४६ लाख रुपैयाँले नोक्सानीमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले एक करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिसम्ममा लघुवित्तको ब्याज आम्दानी १२ करोड ९० लाख रुपैयाँ छ । यो गतवर्षको यसै अवधिमा १० करोड ८९ लाख रुपैयाँ थियो । सञ्चालन मुनाफा ९ करोड ४६ लाख रुपैयाँले ऋणात्मक छ । लघुवित्तको इम्पेरिमेन्ट चार्ज ७१ लाख ५७ हजार रुपैयाँले बढेर १२ करोड एक लाख रुपैयाँ छ ।
लघुवित्तको वित्तरण योग्य मुनाफा समेत ऋणात्मक रहेको छ । चुक्ता पूँजी ४९ करोड ७४ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा १९ करोड ५८ रुपैयाँ सञ्चित रहेको छ ।

Crest

समिक्षा अवधिसम्ममा एक अर्ब ३३ करोड ४८ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले अन्य बैंक तथा वित्तीय संस्थासँग ऋण लिएर ५ अर्ब ५२ करोड २२ लाख रुपैयाँ कर्जा प्रर्वाह गरेको छ । लघुवित्तको निष्कृय कर्जा अनुपात बढेको छ । यसअवधिमा लघुवित्तको खराब कर्जा अनुपात ९।८५ प्रतिशत छ ।

लघुवित्त नोक्सानीमा भएसँगै प्रतिशेयर आम्दानी समेत नकारात्मक भएको छ । लघुवित्तको प्रतिशेयर आम्दानी ३८ रुपैयाँ ५० पैसाले नोक्सानीमा छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ६१ पैसा कायम छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS