काठमाडौं । मंगलबार नेप्से परिसूचक २६५७.७७ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक २४.५० अंकले बढेको छ। ९ अर्ब ४० करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ ।
ब्रोकर नम्बर ५८ बाट ११६ करोड ६ लाखको कारोबार भएको छ जसमा ५९ करोड ६९ लाखको खरीद छ भने ५६ करोड ३७ लाखको विक्री छ ।
त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४५ बाट ३३ करोड १२ लाखको खरीद छ भने ३३ करोड ६५ लाखको विक्री छ ।
आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये १ ब्रोकरबाट खरिद धेरै भएको छ भने ४ले विक्री धेरै गरेका छन् ।