काठमाडौं । शेयर बजार मंगलबार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक २४.५० अंकले बढेर २६५७.७७ को विन्दुमा बन्द भएको छ।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। यो दिन विकास बैंक सर्वाधिक ४.०७ प्रतिशतले बढेको छ।
बजारमा आज १७७ कम्पनीको शेयरभाउ बढ्दा ६० वटाको घटेको छ। यो दिन ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
आज बजारमा ९ अर्ब ४० करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार सप्तकोशी डेभलपमेन्ट बैंकको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- सप्तकोशी डेभलपमेन्ट बैंकः ३८ करोड २१ लाख रुपैयाँ
- नेपाल पुनर्बीमा कम्पनीः २९ करोड ३ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः २८ करोड ८७ लाख रुपैयाँ
- हिमालयन पावर पार्टनरः १९ करोड ४४ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः १७ करोड ५९ लाख रुपैयाँ
- ग्रीन डेभलपमेन्ट बैंकः १७ करोड १८ लाख रुपैयाँ
- सिन्धु विकास बैंकः १५ करोड ९७ लाख रुपैयाँ
- नेपाल रिपब्लिक मिडियाः १५ करोड ७७ लाख रुपैयाँ
- युनाइटेड इदी मर्दीः १४ करोड ७० लाख रुपैयाँ
- बरुण हाइड्रोपावरः १४ करोड ५६ लाख रुपैयाँ