IME Life New
GBIME

साढे २४ अंकले बढेको बजारमा कारोबार रकम ९ अर्ब ४० करोड नाघ्यो

SPIL
Global College
NLIC

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २४ दशलमव ५० अंकले बढेर २,६५७ को विन्दुमा कायम भएको छ । आज १७७ कम्पनीको शेयर मूल्य बढेको छ भने ६० कम्पनीको मूल्य घटेको छ ।

आज दिनभरिमा ३२५ कम्पनीको १ करोड ९६ लाख ८० हजार १९५ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ४० करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३८ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २९ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २८ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था, सिक्लेस हाइड्रोपावर, जानकी फाइनान् र थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी ४ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । न्यादी हाइड्रोपावरका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै दोल्ती पावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशलमव ४३ प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS